रुकुम पश्चिमको आठविसकोट नगरपालिकामा १० दिन भित्रै १४ शैयाको आइसुलेसन कक्ष स्थापना गरिने

सुनिल बि क रुकुम पश्चिम
रुकुम पश्चिमको आठविसकोट नगरपालिकामा १४ शैयाको आइसुलेसन कक्ष स्थापना हुने भएको छ ।
आठविसकोट नगरपालिकाका नगर प्रमुख गोर्ख बहादुर केसी सन्देशको अध्यक्षतामा आज बसेको सरोकारवालाहरुको बैठकले वडा नम्बर ९ राडीमा १४ शैयाको आइसुलेन कक्ष स्थापना गर्ने निर्णय गरेको हो ।
विश्वभरी महामारीको रुपमा फेलिरहेको नोवल कोरोना भाइरस कोभिड १९ को जोखिमलाई मध्यनजर गरी अवको १० दिन भित्रै भवन निर्माण गरेर १४ शैयाको आइसुलेसन कक्ष सस्थापना गर्ने तयारी भैरहेको नगरपालिकाले जनाएको छ ।

कोरोना भारस सँग मिल्दो जुल्दो लक्षण देखिएको तथा अन्य कुनै पनि सरुवा रोगका विरामीहरुको उपचारका लागी स्थायी रुपमा १४ शैयाको आइसुलेसन कक्ष स्थापना गरी सञ्चालनमा ल्याइने आठविसकोट नगरपालिकाका स्वास्थ्य सँयोजक मनिराज शाहले बताउनुभयो ।

आइसुलेसन कक्षको भवनको आज सिलन्यास समेत गरिएको छ । अव दु्रत गतिमा काम अगाढी बढाएर १० दिन भित्रै उक्त भवन निर्माण्को काम सम्पन्न गर्ने नगरपालिकाले दाबी गरेको छ । वडा नम्बर ९ राडीबजारमा रहेका नगर अस्पताल नजिकै उक्त भवन निर्माण गर्न लागिएको उहाँले जानकारी दिनुभयो ।

साथै आज बसेको सरोकारवालाहरुको बैठकले भिमराज केसीलाई भवन निर्माणको जिम्मा दिएको छ । यस्तै भवन निर्माणका लागी काठदार व्यवस्थापनको जिम्मा जिम्मा भने उद्योग बाणिज्य संघ आठविसकोटका अध्यक्ष निदेश चन्दलाई दिइएको छ ।

यसैगरी स्वास्थ्य तथा सामाजिक विकास शाखा सँयोजक शाहलाई आइसुलेसनमा औषधी उपकरण लगाएत स्वास्थ्य सामाग्री व्यवस्थापनको जिम्मा दिइएको बताइएको छ । भवन निर्माण अनुगमनका लागी वडा नम्बर ९ का वडा अध्यक्ष तारक बहादुर शाही र नेपाल कम्युनिष्ट पार्टी नेकपा नगर कमिटि सचिव रवी केसीलाई जिम्मा दिइएको नगरपालिकाले जनाएको छ ।

यस अघी नगरपालिकाले राडी ज्युला शिक्षा क्याम्पस र बाल कल्याण माद्यामिक विद्यालयमा क्वारेन्टीन निर्माण गरेको छ ।

साढे दुई महिनाभन्दा धेरै समय लकडाउन भए पनि यस पटक कर्णाली प्रदेशमा खाद्यान्नको अभाव नहुने भएको छ ।

तपाईको प्रतिक्रिया