कोरोना रोकथाममा नारायण देवी

जाजरकोट । बारेकोट गाउँपालिकाको नारायणदेवि युवा क्लवले कोरोना विरुद्ध जनचेतना मुलक अभियान थालेको छ ।

क्लवले वडा न २ र ३ मा विभिन्न खालेको जनचेतनमुलक काम तथा मास्क र सावुन वितरण गरेकोे हो । यूवा जीवन विकको नेतृत्वमा बारेकोटका बस्तीमा बस्तिहरुमा युवा क्लबले सावुन, माक्स, औषधी पनि वितरण गरेको जानकारी दिए । स्वास्थ्य शाखा लिम्साको सहयोगमा औषधी वितरण गरिएको उनको भनाई छ ।

बारेकोट गाउँपालिकाका वडा न. ३ भित्र सञ्चालित क्लवहरुमा नारायणदेवीको काम उल्लेखनीय रहेको बारेकोट गाउँपालिका वडा नं.३ का वडाध्यक्ष मनबहादुर शाहीले जानकारी दिए । उनले भनेर्, यस क्षेत्रमा थुप्रै क्लवहरु सञ्चालित रहेका छन् ।’ तर उनीहरुले गर्न नसकेको काम गरेको छ ।’

तपाईको प्रतिक्रिया