लकडाउनको समयमा सम्पुर्ण नागरिकको जिम्मा सरकारले लिनुपर्छ ः अखिल क्रान्तिकारी

जाजरकोट । लकडाउनको समयमा सम्पुर्ण नागरिकको जिम्मा सरकारले लिनुपर्ने अखिल क्रान्तिकारी जाजरकोटले माग गरेको छ । प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी निकट भातृ संगठन अखिल ( क्रान्तिकारी ) जाजरकोटले अहिले बिश्व मानव सागरलाई आतंकित बनाई रहेको बेला नआत्तिना र सचेत रहना आग्रह गरेको छ ।

प्रेस बिज्ञप्ती मार्फत बिभिन्न मागहरु उल्लेख गरी जनतालाई प्रत्यक्ष रुपमा राहत हुने गरि प्रेस बिज्ञप्ती जारी गरेको हो । बिभिन्न शिलशिलामा घर देखि बाहिर रहेका वा घरभाडामा बसेका सम्पुर्ण नेपाली नागरिकलाई एकान्त वास ( यिअपमयधल) को अवधिभर आवश्यक खाद्यान्न तथा अन्य बिभिन्न सामाग्री सरकारले नै उपलब्ध गराउनु पर्ने पनि प्रेस बिज्ञप्ती मार्फत उल्लेख गरिएको छ । जाजरकोटको हकमा ग्रामीण वस्तिदेखी सदरमुकाम सम्म आएका व्यापारी तथा विद्यार्थीको एकान्त वास ( यिअपमयधल) अवधिभरको कोठा भाडा छुट गर्न पनि बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

साथै सोही संगठनका जिल्ला अध्यक्ष बिराजन शाही (बिजय)का अनुसार र्(covid 19 ) भाइरसले नेपालमा मात्र होईन बिश्व मानव जगतलाई नै आतंकित बनाईरहेको छ । अन्य देशको तुलनामा हेर्ने हो भने हाम्रो देश नेपालमा यसको प्रभाब कमै छ ।र्’ त्यसैले सम्पुर्ण नेपाली नागरिकहरु जति प्रचारबादी आतंक गरिएको छ तेति आतंकित नबनौँ ।’ उनले भाइरस बाट बच्न सबैमा आग्रह गरेका छन् ।

संगठनका जिल्ला सचीव दिपेन्द्र सिंह (समीप)ले भनेर्, बिश्वमा चर्चा कमाईरहेको कोराना भाईरस नेपालमा भित्रीना नदिनाको लागि सरकारले चालेको कदम निकै राम्रो छ ।र्’ सरकार भित्रैका केही भ्रष्टहरुले नेपाली जनतालाई सचेत बनाउनुको सट्टा उल्टै आतंकीत बनाउने खालका भ्रमपुर्ण सन्देश सिर्जना गरेको हुँदा त्यस्तो अनैतिक कार्य नगर्न अनुरोध गर्दछु ।’

विभिन्न ठाउँमा अलपत्र परेका नागरिकहरुलाई उद्धार गर्न समेत ज्ञापनपत्रमा सरकारको ध्यानआकर्षण गरिएको छ ।

तपाईको प्रतिक्रिया