‘लकडाउन’ घरमा नै बसेर यी काम गर्नुहोस

अहिले देश पुरै लकडाउनमा रहेको छ । लकडाउन अझैँ केहिल्यैसम्म रहन्छ त्यो भन्न सकिन्न । लकडाउनका कारणले शारीरिक समस्या आएको छ । यो शरीरका लागि ठिक हैन् । बसी बसी खानाका लागि हामीलाई असहज महशुस भएको छ । यस कारणले पनि स्वास्थ्यमा असर पर्न सक्छ । कुनै पनि रोगसँग लड्नका लागि शरीरमा रोग प्रतिरोधात्माक क्षमता बलियो हुनुपर्छ ।

संक्रमणबाट सुरक्षित रहनका लागि घरमा नै रहनु अहिलेका लागि उचित हो । घरमा रहेर बारम्बर हात धुनु उपयुक्त हुन्छ । जीवनशैली र खानपानमा सुधार ल्याएर रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउन सकिन्छ । यस बिषयमा के भन्छन् पोषण बिषेषज्ञ ।

दैनिक जीवन सन्तुतिल बनाऔं

हामी घरमा नै छौं । जीवनचर्यामा कुनै योजना बनाएका छैनौ । कयौ ब्यक्ति राती लामो समयसम्म पनि निद्रा पर्दैन । बिहान ढिला उठ्ने गरेका छौं । खाना पनि चिसो खान्छौं । यो खराब बानी हो । यसले दुख दिन सक्छ । अपच, कब्जियतÞ, ग्याष्ट्रिक आदीमा समस्या ल्याउन सक्छ । मधुमेह वा हृदय रोगीलाई समस्या बढ्न सक्छ ।

स्वस्थ रहन आवश्यक

मानिसलाई पर्याप्त र पुरा निद्रा पनि रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । अहिले जब हामी घरमा नै छौ । रातमा भरपुर निद्राको आनन्द लिनुहोस । बिहान चाडै उठ्नुहोस । बेलुका चाडै सुत्नुहोस । यसले रोग प्रतिरोधक क्षमता बढाउँछ । मधुमेह, माटोपन, हृदय रोगी र रक्तचापलाई पनि नियन्त्रण गर्दछ ।

बेस्सरी पानी पिउनुहोस

स्वस्थ रहनका लागि द्रोश्रो आवश्यक वस्तु हो पर्याप्त मात्रामा पानी । धेरै समय एकै ठाउँ बस्ने, टिभी हेर्ने आदी कारणले ज्यादा शरीरले चल्न पाउँदैन । यस कारणले पानीको प्यास पनि कम लाग्छ । यसको अर्थ यो होइन कि तपाई पानी कमी पिउनुहोस । गर्मी बढी रहेको यस समयमा पानीको आवश्यकता अति नै हुन्छ । शरीरका हर क्रियाको सुचारू गर्नका लागि वा चलाउनका लागि पर्याप्त मात्रामा पानी पिउनु आवश्यक हुन्छ । पानीको कमीका कारण शरीरमा एक प्रकारको थकान र भारीपन महसूश हुन्छ ।

व्यायाम

जब हामी घरमा भित्र नै रहन्छौं । यस्तो बेला योग बा कुनै अरु व्यायाम सिक्दै वा अभ्यास गर्न सकिन्छ । यसका अलवा तपाई गाना लगाएर नाच्नुहोस् । मानसिक सन्तुलन र सतुष्टिका १०–१५ मिनेट आँखा बन्द गरेर ध्यान गर्नुहोस ।

साझपख १०–१५ मिनेट व्यायाम गरेर शरीरको स्वस्थ राख्नुहोस । यसले रोग प्रतिरोधात्माक क्षमतामा फाइदा गर्छ ।

भोजन

मानिस शरीरलाई पोषक तत्वको आवश्यकता पर्दछ । परन्तु रोग प्रतिरोधात्माक क्षमता बढाउनका लागि प्रोटीनका साथ–साथै भिटामिन सी, भिटामिन डी र जिंकको प्रयोग गर्नुहोस । भोजन वा खाद्य पदार्थको पर्याप्त मात्रा खानुपर्छ । प्रोटीनका मात्राका पिठो र दुध प्रयोग गरेर बनाउने खाद्य पदार्थ खानुहोस ।

समयको ख्याल राख्नुहोस

बिहान उठेको दुई घण्टामा ने नास्ता खानु उपयुत्त हुन्छ । त्यसको १–२ घण्टा बीचमा खाना खानुहोस ।

तपाईको प्रतिक्रिया