पत्रकार राजेन्द्र कार्कीले किन लेखे अस्पताल नबन्नुमा जर्नादन छाया ? एकपटक पढ्नुहोस् ।

प्रदेश सरकारले बिहीबार मन्त्रिपरिषद्को बैठकबाट कर्णालीका तीन अस्पतालमा आइसोलन बेड र अन्य आवश्यक सामग्री थप गर्नका लागि भन्दै साढे २ करोड बजेट विनियोजन गर्ने निर्णय गरेको थियो । बैठकले प्रदेश अस्पताल र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक एक करोड र चौरजहारी सामुदायिक अस्पताललाई ५० लाख बजेट छुट्याउने निर्णय गरेको थियो ।

उक्त बजेट आईतबारसम्म तीनवटै अस्पतालमा पठाइसक्ने आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले जानकारी दिए । यो बजेटले अस्पतालमा आइसोलेसन बेड थप्ने र अन्य उपकरण खरिदलगायत काम गरिने उनको भनाइ छ । यो बजेटले आइसीयु, भेन्टिलेटर, मेडिकल किटस्लगायत खरिद गरिने प्रदेश सरकारले जनाएको छ ।

विरामीको उपचारका लागी यो निर्णय ठिक छ तर खासमा चौरजहारी सामुदायिक अस्पतालको सट्टा ५० शैया भनिएको जाजरकोट अस्पतालले त्यो अवसर पाउनु पर्ने होइन र ? यहाँका जनप्रतिनिधी ज्यु हरु अस्पतालको स्तरोन्नती गर्ने यो अवसर होईन र यतिवेला ? यो निर्णय हुनुमा पनि जनार्दन कै छाया देखिन्छ । निजी विचार ।

https://www.facebook.com/rajendra.karki.710

तपाईको प्रतिक्रिया