आईपीएलमा धोनीले बनाएका कीर्तिमान !

एजेन्सी । भारतीय क्रिकेट टिमका पूर्व कप्तान महेन्द्र सिंह धोनी इण्डियन प्रिमियर लिग (आईपीएल) मा सर्वाधिक सफल कप्तान मानिन्छन् ।

धोनीको कप्तानीमा चेन्नई सुपर किङ्ग्सले तीन पटक उपाधि जितेको छ।

भारतको लागि धोनी जति सफल छन् त्यतिनै सफल आईपीएलमा चेन्नईको लागि पनि छन् ।

भारतको लागि मात्र नभएर धोनीले आईपीएलमा समेत थुप्रै कीर्तिमान आफ्नो नाममा लेखाएका छन् ।

सुरुवात देखी चेन्नईमा रहेका धोनी ब्याटिङ, विकेटकिपिङ र एक सफल कप्तानीको मुख्य भूमिका खेल्दै आएका छन् ।

धोनीले आईपीएलमा बनाएका ५ कीर्तिमानहरु ब्याख्या तल गरिएको छ ।

१. आफ्नै प्रशिक्षकको कप्तानी गर्ने एक्लो खेलाडी

आईपीएलमा धोनीको नाममा एक अनौठो कीर्तिमान रहेको छ । धोनीको कप्तानीमा आफ्नै टिमका प्रशिक्षक समेत खेलेका छन् । चेन्नईका प्रशिक्षक स्टेफिन फ्लेमिङले आईपीएलको पहिलो संस्करणमा धोनीको कप्तानीमा खेलेका थिए । धोनीको कप्तानीमा १० म्याच खेलेका फ्लेमिङ त्यसपछि प्रशिक्षक बनेका थिए ।

यस्तै ७ सिजन माइकल हस्स र ३ सिजन लक्ष्मीपति बालाजीले समेत धोनीको कप्तानीमा खेले । पछि सन् २०१८ मा हस्सी चेन्नईको ब्याटिङ र बालाजी बलिङ प्रशिक्षक बनेका थिए ।

२. विकेटकिपरको रुपमा सबै भन्दा बढी आउट गर्ने खेलाडी

धोनीलाई क्रिकेट इतिहासमा सर्वाधिक सफल विकेटकिपर मानिन्छ । प्राय जसो धोनी स्टम्पको धेरै नजिक बस्ने गर्छन जसले गर्दा उनले स्ट्म्पिङ र रन आउट गर्ने धेरै मौका पाउछन् । धोनीले अहिलेसम्म आईपीएलमा ९४ क्याच र ३८ स्टम्पिङ गरेका छन् । उनको नाम आईपीएलमा सबै भन्दा धेरै आउट (१३२) गर्ने कीर्तिमान समेत रहेको छ ।

३. घरेलु मैदानमा सर्वाधिक खेल जित्ने कप्तान

सन् २०१७ लाई छोडेर आईपीएलमा धोनीले खेलेको सबै सिजन उनले एक कप्तानको मुख्य भूमिका निभाएका छन् । ठुला खेलाडीहरुले समेत धोनीको कप्तानीमा खेल्ने ठुलो इच्छा ब्यक्त गरेको पाइन्छ ।

ड्वेन ब्राभो, फाफ डु प्लेसिस तथा ब्रेण्डन म्याकुलम जस्ता सफल अन्तराष्ट्रिय कप्तान समेत धोनीको कप्तानीमा खेल्न रुचाउने गर्छन् ।

चेन्नईले धोनीको कप्तानीमा हालसम्म ३ पटक घरेलु मैदानमा फाइनल खेलेको छ । यस्तै सन् २०११ को सिजनमा आईपीएलको सबै घरेलु मैदानमा खेलेको खेलमा चेन्नईले जित हात पारेका थियो ।

यस्तै आईपीएलमा घरेलु मैदानमा फाइनल जित्ने धोनी एक मात्र सफल कप्तान हुन् ।

४. २० ओभरमा ५ सय भन्दा बढी रन बनाउने खेलाडी

क्रिकेट इतिहासमा धोनीलाई उत्कृष्ट फिनिसरको रुपमा लिने गरिन्छ, जसले खेललाई अन्तिम बलसम्म डोर्र्याउने गर्छन् । डेथ ओभरमा धोनीको ब्याटिङ यति लोभलाग्दो हुन्छ कि सबै क्रिकेटर उनी जस्तो बन्न चाहन्छन् । १५ वर्षे क्रिकेट करियरमा धोनीले कैयौं पटक अन्तिम ओभरमा टिमलाई जित दिलाएका छन् ।

आईपीएलमा समेत थुप्रै पटक यस्तो भएको छ । अन्तिम ओभरमा आक्रामक ब्याटिङ गर्दै धोनीले थुप्रै पटक चेन्नईलाई जित दिलाएका छन् ।

यहाँसम्म कि धोनीले आईपीएलमा २० औं ओभरमा मात्र धोनीले ५ सय भन्दा बढी रन बनाउन सफल छन् । ५ सय ६४ रन बनाएका धोनी भन्दा पछि केइरन पोलार्ड (२ सय ८१ रन) रहेका छन् ।

५. १०० म्याच जित्ने एकल कप्तान

घरेलु प्रतियोगिता भएपनि आईपीएल कुनै अन्तराष्ट्रिय प्रतियोगिता जित्नु भन्दा सानो मुश्किल छैन । यहाँ खेलाडी छनोट देखी उनीहरुलाई तयार गराउनको लागि समेत एक योजना बनाउनु पर्छ । यो बाहेक हरेक टिम यसमा सफल हुँदैनन् किनकि टिमका कप्तान सर्वश्रेष्ठ प्रदर्शन गर्न चुकेका हुन्छन् ।

धोनी मात्र यस्ता कप्तान हुन् जसले सन् २००८ देखी आईपीएलमा आफ्नो सफल कप्तानको छाप छाड्न सफल भएका थिए । आईपीएलमा धोनी मात्र यस्तो कप्तान हुन् जसले एक सय म्याच जित्न सफल छन् ।

तपाईको प्रतिक्रिया