विदेशबाट आउने व्यक्तिको तथ्यांक संकलन गर्दै प्रशासन

सल्यान : जिल्ला प्रशासन कार्यालय सल्यानले विदेशबाट आएका व्यक्तिहरूको तथ्यांक संलकन सुरु गरेको छ। विश्वका विभिन्न देशमा रही फर्किएकाहरूको तथ्यांक संकलन गर्न थालिएको जिल्ला प्रशासन कार्यालय सल्यानले जनाएको छ।

जिल्लाका दशवटै स्थानीय तहसँग समन्वय गरेर प्रत्येक वडामा विदेशबाट आएका व्यक्तिको नाम संकलन गरिएको प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले बताए। विदेशबाट फर्किएका व्यक्तिको विवरण अद्यावधिक गरी आवश्यक रेखदेख तथा निगरानी गरिने उनको भनाई छ। विदेशबाट आएका कुनै व्यक्तिमा कोरोनाको लक्षण देखिएमा क्वारेनटाइनमा राख्न पनि यस प्रकारको तथ्यांकले मद्दत पुग्ने उनले बताए।

सल्यानबाट भारतमा बढी मात्रामा मानिस जाने भएकाले ती व्यक्तिमा कोरोनाको संक्रमण बढी हुन सक्ने भएकाले सुरक्षित तरिकाले घरमै बस्न उनले आग्रह गरे। साथै कोरोनाको कुनै लक्षण देखिए तत्काल स्वास्थ्यकर्मी तथा प्रशासनमा सम्पर्क गर्न आग्रह गरे।

तपाईको प्रतिक्रिया