
सुनिल बि क रुकुम । रुकुम पश्चिम को आठविसकोट नगरपालिका क्षेत्रमा झनै प्रभावित भएको छ । आठविसकोट नगरपालिकाका सबै बजारहरु सुनसान भएका छन ।
विश्वभरी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस कोभिट १९ को रोकथाम तथा नियन्त्रणका लागी नेपाल सरकाले आगामी १८ गत्ते सम्म देशभर लकडाउन गरी अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्कन आग्रह गरेको थियो । लकडाउन भएपछी बजार बन्द हुनुका साथै आवात जावत पनि ठप्प भएको छ । सवारी साधनहरु पनि चलाउन नपाइने भएपछी आवतजावत ठप्प भएको छ ।
यसैविच लकडाउन उलंघन गर्ने सवारी साधनहरुलाई इलाका प्रहरी कार्यायलय आठविसकोटले नियन्त्रणमा लिएको छ । लकडाउनको अटेरी गरेको भन्दै ११ वटा सवारी साधनहरुलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय आठविसकोटका इन्चार्ज प्रहरी निरिक्षक अच्युतराज आचार्यले जानकारी दिनुभयो ।
घारीखोला, चिसापानी, गोतामकोट, राडीबजार, सिमबजार लगाएतका स्थानहरुबाट ११ वटा मोटरसाइलक नियन्त्रणमा लिएको उहाँले बताउनुभयो । लकडाउन सकिए पछी मात्रै सवारी साधनहरुलाई छोडिने प्रहरी निरिक्षक आचार्यले जानकारी दिनुभयो ।
यहाँका सबै व्यवासायी तथा सर्वसाधारणहरले सरकारको निर्णय कडाईका साथ पालना गरेपछी बजार बन्द भएको छ । वडा नम्बर ९ को राडी बजार र ११ नम्बर वडाको सिमबजारका अधिकांस होटलहरु पनि बन्द गरिएका छन । देश पुरै लकडाउन भएपछी बजारका मानिसहरु पनि गाऊँतिर गएर बस्न थालेपछी बजारहरु सुनसान भएका छन ।
सरकारले आज देखी खाद्यान्न लगाएतका अत्यावश्यक सामाग्रीहरु भने विक्री वितरण गर्न पाउने भनी आदेश जारी गरेको थियो सोही अनुसार यहाँका बजारहरु छिटपुटमा खोलेर सामानहरु विक्री गरिएको छ । कोरोनाको त्रास फैलिएपछी नागरिकहरु घरबाहिर निस्कीन पनि डराईरहेका छन ।
लकडाउनको समय अवधीभर अनावश्यक घर बाहिर ननिस्कन र सवारी साधनहरु नचलाउन आग्रह गरिएको उहाँले बताउनुभयो । यदी आवश्यक कामका लागी हो भन पास लिएर मात्र सवारी साधनहरु चलाउन पाइने प्रहरीले जनाएको छ ।।
















































। १३ चैत्र २०७६, बिहीबार