
शुनिल बि क रुकुम (पश्चिम) । रुकुम (पश्चिम)को आठविसकोट नगरपालिकाका सिमान्तक्रित बादी समुदायका नागरिकहरुलाई निशुल्क रुपमा मास्क र सावुन वितरण गरिएको छ ।
वडा नम्बर ९ राडी ज्युलामा फार्मेसी सञ्चालन गरिरहनु भएका विशाल थापा र दिनेश भण्डारी तथा रेडियो नयाँ नेपालका प्राविधक सुनिल विकले सँयुक्त रुपमा बादी समुदायका नागरिकहरुलाई निशुल्क रुपमा मास्क र हात धुने सावुन वितरण गरिएको हो ।
विश्वभरी फैलिरहेको कोरोना भाइरस कोभिट १९ को संक्रमन बाट नेपाल पनि उच्च जोखिममा रहेकाले यसको रोकथाम तथा सतर्कताका लागी आज बस्तीमै पुगेर निशुल्क रुपमा मास्क र सावुन वितरण गरिएको सिस्ने मेडिसिन डिस्ट्रीव्यटसका सञ्चालक भण्डारीले जानकारी दिए ।
राडी बजारमा सञ्चालित न्यु ओमप्रकाश टेलर्सको सहकार्यमा मास्क उत्पादन गरी बादी समुदायका १५ घरपरिवारका सबै सदस्यहरुलाई मास्क वितरण गरिएको रेडियो नयाँ नेपालका प्राविधिक वि क ले जानकारी दिए ।
उनिहरुलाई मास्क वितरण गर्नुका साथै कोरोना भाइरस सम्बन्धी जनचेतना फैलाएको र साबुन पानीले हात धुने तरिका पनि सिकाइएको फार्मेसीका अर्का सञ्चालक थापाले बताए । तिन जनाको सामुहिक लगानीमा मास्क र साबुन वितरण गरिएको उहाँकाो भनाई छ ।
बजारमा मास्कको अभाव भैरहेकाले निश्वार्थ मनले बस्तीमै आएर आफुहरुलाई उहाँहरुले मास्क वितरण गरेको भन्दै स्थानिय बासिन्दा कलिभान बादि ले खुशी व्यक्त गर्नुभयो ।
यस्तै स्थानिय तारा बादीले पनि मास्क वितरण गर्ने तिनै जनालाई धन्यबाद दिनुभयो। साथै उहाँले आफुले सधै साबुन पानीले हात धुने र अरुलाई पनि यसबारेमा सचेतना फैलाउने बताउनुभयो ।
















































। १२ चैत्र २०७६, बुधबार