
जाजरकोट । जाजरकोट कपडा तथा सिलाई व्यवसाय महासंघले कारोना बाट बच्न तीन सय मास्क वितरण गरेको छ । जिल्लाका सात वटा स्थानीय तहमा मास्क वितरण गरिएको जाजरकोट शाखाका अध्यक्ष मिलन परियारले जानकारी दिए ।
सात वटा स्थानीय तहहरुमा भेरीनगरपालिकामा ५० , नलगाडमा ५०, बारेकोटमा ७५, कुशेमा ५०, जुनीचाँदेमा ५० थान गरी जम्मा ३ सय मास्क वितरण गरिएको छ । अध्यक्ष परियारका अनुसार , सहर बजारका भन्दा दुर्गमका स्थानीयहरु संग मास्क किन्ने पैसा हुदैन, त्यसलाई मध्यनजर गर्दे मास्क वितरण थालेको उनको भनाई छ ।
हाल विश्वभरी महामारीका रुपमा फैलिएको कोरोना भाइरस बाट बच्न हामीले यो प्रयास गरेका हौ । मास्क वितरण गर्ने मात्र नभई गाउँगाउँमा जनचेतना फैलाउँदै गएको उनले बताए । दुर्गमका बस्तीमा रहेका नागरिकलाई सचेत हुन आग्रह समेत गरिएको छ । विश्व नै संकट पुर्ण घडीमा रहेकोले, हामी नेपालीले समयमै सजकता अपनाएनौ भने निकै अप्ठेरो पर्ने अध्यक्ष परियारले बताए ।
स्थानीय तहका प्रमुख तथा उपप्रमुखलाई दिइएको छ यसै लगतै उनीहरुले आफ्ना स्थानीय बासीन्दालाई वितरण गर्ने कार्यक्रम गरिने जाजरकोट कपडा तथा सिलाई व्यवसाय महासंघ जाजरकोटले जनाएको छ ।
















































। १२ चैत्र २०७६, बुधबार