
कोरोना भाइरसको सम्भावित जोखिमलाई नियन्त्रण गर्न बारेकोट गाउँपालिकाले ‘कोरोनाविरुद्धको महाभियान’ थालेको छ । गाउँपालिका अध्यक्ष महेन्द्र बहादुर शाहले कोरोना भाइरसको जोखिम विरुद्ध पालिकाका सबै वडाहरुमा एकजुट भएर कार्य गर्ने निर्णय भएको जानकारी दिए । सबै वडाहरुले आफ्ना वडाहरुमा सो भाइरसबाट जोगिने उपायसहितका सुरक्षात्मक सन्देश आम वडा बासीमा प्रवाह गर्ने भएका छन् ।
कोरोना भाईरस लाई नियन्त्रण गर्न बारेकोट छिर्ने दुई वटा नाका हरुमा हेल्थ डेस्क स्थापना गरी चेक जाँच सुरु गरिएको छ। कुशे गा.पा.हानीसल्ला हुदैँ बारेकोट गाउँपालिका भित्रने नाका वडा नं. १ दोवाटमा स्वास्थ्य चौकी रामिडाँडाका स्वास्थ्यकर्मी र सुरक्षाकर्मी आवश्यक सरसामान र औषधि सहति खटिएका छन् । भने अर्काे नाका नलगाड न.पा.हुँदै बारेकोट छिर्ने बारेकोट गा.पा.८ स्याकुतरामा सेपुखोला स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी र सेपुखोलाका सुरक्षाकर्मीको टिम आवश्यक सरसामान सहित खटाईएको अध्यक्ष शाहले बताए ।
आवश्यक सरसान खरिद ढुवानी र औषधिको लागी बारेकोट गाउँपालिकाले आर्थिक सहयोग गर्ने भएको छ । गाउँपालिकाले गरेको निर्णय कार्यान्वयन गर्न सोमबार विपत् व्यवस्थापन समितीको आकस्मी बैठक बसी कोरोना भाईरसको रोकथामका लागी हेल्थ डेस्क र स्वास्थ्य सँस्थामा आवश्यक पर्ने औजार,उपकरण तथा औषधि खरिद तथा ढुवानी गर्ने,डा नविन सहानीको संयोजकत्वमा पालिका स्तरिय आपत्कालिन स्वास्थ्य व्यवस्थापन समिति गठन लगाएतका निर्णय गरिएको बारेकोट गाउँपालिका स्वास्थ्य शाखा संयोजक विरराज सिंहले बताए ।
अत्यावश्यक सेवा बाहेक सबै सेवा बन्द
कोरोना भाईरस (कोभिड१९)को बिश्वो भरि अथार्त १९२ राष्ट्रमा देखा परिसकेको छ यसको प्रभाब नेपालमा पनि एक १९ बर्सिय युबतिमा देखा परिसकेको छ | उनको टेकुस्थित सुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भैरहेको छ |उनि फ्रान्सबाट कतारको दोहा हुदै ४ गते नेपाल आयकि थीईन त्यसबेला उनमा कोरोनाको कुनै लक्षण देखियको थिएन |तर उनि होम क्वारेंन्टाईनमा बसेकी थिइन् | तर आईतबार रास्ट्रीय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परिक्षण गर्दा उनमा कोरोना संक्रमण पुस्टि भयको हो |अब उनि संगै आएका र परिवारका सदस्यहरु पहिचान गरि अईसोलेसनमा राख्ने र परिक्षण गर्ने तयारि भयको छ |
यसको प्रभाब नेपालमा देखा परे संगै नेपाल सरकारले यसको प्रभाब निन्त्रनको लागि अत्यावस्यक सेवा बाहेकका अन्य सबै सेवा प्रभाह गर्ने कार्यालयहरु बन्द गर्ने निर्णय गरे लगत्तै वारेकोट गाउँ पालिकाले पनि कोरोना भाइरस (कोभिड १९)को सम्भावित संक्रमण र त्यसबाट उत्पन्न हुन सक्ने बिकराल अवस्थालाई मध्यनजर गर्दै मिति २०७६ चैत्र ०९ गते बसेको कार्यपालिकाको बैठकको निर्णय बमोजिम मिति २०७६ चैत्र १० गते देखि २१ गते सम्मका लागि अत्यावश्यक सेवा बाहेकका अन्य सबै सेवाहरु बन्द गर्ने सुचना जारि गरेको छ | तर कार्यालयका आन्तरिक कामहरु भने यथावत रुपमा संचालन गर्ने कुरा सुचनामा उल्लेख छ | यसको सम्भावित बिकराल अवस्थालाई सक्दो नियनत्रणको लागि वारेकोट गाउँपालिका प्रवेश गर्ने दुई नाका,बारेकोट वार्ड नं.१ को दोबाट र वार्ड नं.८ लैखममा प्रथामिक उपचारका औषधी व्यवस्थापन संगै ४/४ जना स्वास्थ्य कर्मचारी सहित हेल्प डेस्क संचालन गरिसकेको कुरा वारेकोट गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत गोबिन्द बहादुर सिंहले जानकारी दिनु भयो | यसको जनचेतनाको लागी ठाउ-ठाउँमा प्रचार पम्प्लेट र सामुदायिक प्रहरी मार्फत मईकिंग द्वारा पनि प्रचार-प्रशार भईरहेको समेत सिंहले जानकारी दिनुभयो |
यस्तो अवस्थामा आफुपनी बच्न र अरुलाई पनि बचाउन भिड भाड,बिबाहा,सभा समारोह नगरी सबैले आ-आफ्नो तर्फबाट सक्दो सहयोग गर्नका लागि यस बारेकोट गाउँपालिकाका अध्यक्ष्य महेन्द्र बहादुर शाहले आग्रह गर्नु भएको छ | | साथै सामान्य रुघाखोकी ,जरो आएमा तुरुन्त स्वास्थ्य संस्थामा गएर समयमै चेक गराउन पनि अध्यक्ष्य शाहले सर्बसाधारण सबैलाई अनुरोध गर्नु भयको छ |
















































। १२ चैत्र २०७६, बुधबार