
काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नेपालीलाई पनि हुन थालेको छ । अहिलेसम्म बेलायतमा एक पूर्व गोर्खाको मृत्यु भएको छ भने संक्रमित बढ्दै गएका छन् ।
पछिल्लो पटक वैदेशिक रोजगारका लागि बहराइन पुगेका तीन नेपाली कामदारलाई कोरोनाको संक्रमण देखिएको छ ।
शनिबार दुई जना र आइतबार एक जनामा संक्रमण पुष्टि भएको बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले बताए ।
उनीहरु ४० देखि ४६ बर्ष उमेरका छन् । संक्रमित तीनै जना नेपालीको उपचार भइरहेको छ ।
इरानबाट आएका ६१ बर्षीय भारतीय कामदारबाट नेपालीमा संक्रमण सरेको बहराइनको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यसअघि युएईमा रहेका दुई नेपालीमा कोरोनाको संक्रमण देखिएको थियो ।
नेपालमा सुरुआतमै एक जनालाई संक्रमण देखिएकामा उनलाई निको भएको छ ।
आइतबार वीरगञ्जका एक व्यापारीमा कोरोना संक्रमण भएको बताइए पनि पछि रिपोर्ट नेगेटिभ आएको बताइएको थियो ।
















































। १० चैत्र २०७६, सोमबार