
जाजरकोट । जिल्लाका सात वटा स्थानीय तहका जनप्रतिनिधी,टावर निर्माण कम्पनीका कर्मचारी र जिल्लाका सरोकारवालहरु विच टावर निर्माणका लागि २०७६ कार्तिक १७ गते बसेको वैठकले नायकवाडा,सेरीगाउँ र मजकोटमा मंसिर मसान्तमा काम सम्पन्न गर्ने सम्झौता भयो ।
चैत्र महिनाको पहिलो साता वित्दा पनि टावर निर्माणका सामग्री बाटोमा अलपत्र भएको देख्न सकिन्छ । जिल्लाका ग्रामीण क्षेत्रका नागरिक अहिले पनि फोन गर्न अग्लो डाँडा पुग्नुपर्ने र घामको प्रकाश कुर्नुपर्ने बाध्यता खेपिरहेका छन् ।
निर्माणको जिम्मा लिएको आस्टर इन्डिया प्रा.लि. कम्पनीले भने निर्माणको कुनै सुरसार गरेको छैन । निर्माणका सामग्री अहिले कता छ ? स्थानीय नागरिकलाई कुनै पनि थाहा छैन । बारेकोट गाउँपालिकाको नायकवाडामा निर्माण हुने टावरका सामग्री नलगाड नगरपालिकाको कालीमाटीका सडकमा लथालिंग गरेर फालिएको छ ।
टावर निर्माणको जिम्मा लिएका ठेकेदारहरुले भने लिन मानिरहेका छैनन् । यसभन्दा अगाडि निर्माण गरेको पैसा नै नपाएको उनीहरुको गुनासो छ । जिल्लाका सात वटा स्थानीय तहमा पुस मसान्त सम्म निर्माण गर्ने गरी सम्झौतामा हस्ताक्षर भएको थियो ।
टेलिकम संगको सम्झौता, कर्णाली प्रदेश सभाका सदस्य गणेशप्रसाद सिंहसंग गरेको लिखित प्रतिवद्धता र स्थानीय जनप्रतिनिधिको निरन्तरको ताकेताको चरम वेवास्ता गर्दै कम्पनीले काममा ढिलार्ई गरेको भन्दै उनीहरुले वैठकमा सहभागी नेपाल टेलिकम नेपालगन्ज कार्यालयका प्राविधिक प्रमुख शिवराज खनाल र कम्पनीका प्रोजेक्ट मेनेजर महेशचन्द पुजारी, प्रतिनिधि भोजराज वढु प्रति आक्रोस र असन्तुष्टि पोख्दै सम्झौता अनुसार तत्काल काम सक्न अल्टीमेटम दिएका दिए ।
चैत्रको पहिलो साता वित्दा पनि जिल्लाका कुनै पनि स्थानीय तहमा टावर निर्माण हुने संकेत देखिनुको कुरै छैन्, टावरका सामग्री सम्बन्धित ठाउँमा पुर्याउन समेत सकिएको छैन ।
प्रदेश सदस्य सिंहको पहल र प्रमुख जिल्ला अधिकारी जनकराज पन्तको समन्वयमा वसेको वैठकले कम्पनीलाई मजकोट, शेरी र नायकवाडामा मंसिर मसान्त भित्र र पैंक, सक्ला र डाडागाउँमा माघ मसान्तभित्र टावर निर्माणको सवै काम सक्न अन्तिम अल्टीमेट दिइएको थियो ।
निर्माण हुने समय पार हुदै गर्दा निर्माणको सुरसार नदेखिनु निर्माण नै नगर्ने सार त होइन ? कम्पनीका तर्फवाट त्यतिवेला वोल्दै आस्टर कम्पनीका प्रोजेक्ट मेनेजर महेशचन्द्र पुजारीले गाउँमा टावर निर्माणको काममा स्थानीयवासीले अवरोध गर्ने असहयोग गर्ने गरेको गुनासो गरेका थिए । स्थानीयको अवरोध र असहयोगका कारण काममा ढिलाइ भएको वैठकमा उनले बताएका थिए ।
प्रोजेक्ट मेनेजर पुजारीको गुनासोको खण्डन गर्दै पुर्व जिल्ला विकास समितिका उपसभापति कृष्णवहादुर वुढाले काम गर्ने मजदुरको ज्याला र होटेलमा खाना आएको ठुलो रकम समयमै नतिर्ने कम्पनीका कर्मचारीहरुका विरुद्ध स्थानीय केहि आक्रोस पोखेको वताएका थिए । तर ,अहिले जिल्लाका स्थानीय तहहरुले कुनै पनि चासो देखाएका छैनन् । स्थानीय सरकारले चासो नदिँदा निर्माण कार्य अलपत्र भएको स्थानीयको आरोप छ । प्रमुख जिल्ला अधिकारी जनक राज पंन्तले भेरीमालिका संगको कुराकानीमा भनेर्, मैले निर्माण कम्पनीका साथीहरु संग फोन गरेको थिए ।’ एकदुई दिनमा जुनीचाँदेका रहेको टावरलाई सञ्चालनमा ल्याउने कम्पनीले बताएको जानकारी दिए ।
सम्झौतामा मंसिर मसान्त भनिएता पनि विभिन्न कारण बस सञ्चालन हुन नसकेकोले अबको एक महिना भित्र तीन ठाउँका टावर निर्माण गर्ने भनिएको र अर्काे एक महिनामा एक ठाउँको टावर निमार्ण गरिने बताउने गरेको उनले बताए ।
यता निर्माण कम्पनीका प्राविधिक शिव खनाललाई फोन गर्ने प्रयास गर्दा टेलिफोनमा सम्पर्क हुन सकेन । यता निर्माण कम्पनीले मजकोटको टावर निर्माण गरे पनि सेवा सुचारु नहुँदा नागरिकहरु टेलिफोन सेवा बञ्चित नै छन् ।
हामीले वेलावेलामा टावर निर्माणको विषयमा समाचार प्रकाशित गरिरहेका छौ । हाम्रो सम्पर्कमा टावर निर्माण छौँ भन्ने तर काम नगर्ने ठेकेदार कम्पनीलाई कारबाही हुन आवश्यक छ ।
















































। ९ चैत्र २०७६, आईतवार