जाजरकोट । जिल्ला अस्पतालमा ३० बेड क्षमताको क्वारेन्टाइन कक्ष स्थापना गरिएको छ । कोरोना संक्रमितलाई उपचारका लागी पुर्वतयारी स्वरुप छुटै क्वारेन्टाइन कक्षको स्थापना गरिएको हो । विश्वभर कोरोना भाइरसको संक्रमण बढीरहेका बेला स्वास्थ्य सेवा कार्यालय जाजरकोटले अस्पतालमा संक्रमितलाई क्वारेन्टाइनमा राखेर उपचार गर्न ३० जना सम्म क्षमताको छुटै कोठा स्थापना गरिएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख टीकाराम जैसीले बताए ।
उनले भने—‘ जिल्लाका सवै स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीलाई हाई अलर्टमा राखेका छौ । स्वास्थ्यकर्मीलाई यतिवेला विदा वा काजमा नबस्न निर्देशन समेत दिएका छौ ।’ सवै स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी हाई अलर्ट अवस्थामा बस्न स्थानिय तहका स्वास्थ्य शाखा प्रमुख मार्फत निर्देशन दिएका छौ उनले भने—जाजरकोट जिल्लाबाट मजदुरीका लागी भारत गएकाहरु फर्कने क्रम बढेकाले निकै सावधानी अपनाउनु पर्नेछ ।
कोरोनाको संक्रमण बोकेर आएका मानिसले अन्य मानिसलाई सार्न सक्ने भएकोले उच्च सर्तकता अपनाउनु पर्छ । कोरोनाको लक्ष्यण जस्तै देखिए । जिल्ला अस्पतालको आईसोलेशन कक्षमा राखेर उपचार थालिने र तत्काल विरामीको नमुना संकलन गरि प्रयोगशालामा पठाउने ब्यवस्था मिलाएका छौ ।’ जिल्लामा जहाँ समस्या आउँछ त्यहाँ तत्काल थप जनशक्ति पठाउनका लागी मेडिकल अधिकृत सहितको एक टोली अलर्ट अवस्थामा राखिएको छ ।
जिल्ला छिर्ने नाकाहरुमा हेल्प डेस्क
जिल्ला भित्रिने प्रमुख नाकाहरु सुर्खेतको सिमाना छेडाचौर र डोल्पाको सिमाना त्रिवेणीमा हेल्प डेस्क स्थापना गरिने भएको छ । जिल्ला सदरमुकाम स्थित शान्तिचौतारा बसपार्कमा पनि हेल्प डेस्क राख्ने निर्णय भएको छ । जिल्ला अस्पतालले उच्च ज्वरो, रुघाखोकी तथा स्वासप्रश्वास सम्बन्धिका विरामीलाई निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने निर्णय गरिएको अस्पताल विकास समितिका अध्यक्ष धर्मशिला बस्नेतले बताईन ।
‘स्वास्थ्यजन्य महामारीको दृष्टिकोणले अति संवेदनशिल जिल्लाको रुपमा जाजरकोट रहेकोले पनि हामी निकै सचेत छौ सतर्क छौ’उनले भनिन—‘स्वास्थ्यकर्मीको मनोवल उच्च हुने गरि पुर्वतयारी गरिरहेका छौ ।’ जिल्लाका चार नगरपालिका र तीन गाँउपालिकाले स्वास्थ्य शाखा मार्फत कोरोना सम्बन्धि सचेतनाका कार्यक्रम संचालन गरिरहेको जनाएका छन् ।
सवै कार्यक्रम स्थगित गरेर भीडभाड नगर्न, साबुनपानीले हात धोयर खान खान र रुघाखोकी तथा ज्वरो आउने वित्तिकै स्वास्थ्य संस्था आउन आग्रह गरिरहेको बारेकोट गाउँपालिका अध्यक्ष महेन्द्र शाहले बताए । तर आवश्यक स्वास्थ्यकर्मी, औषधी, स्वास्थ्यकर्मीका लागी आवश्यक सुरक्षा सामग्री, मास्क लगायतका सामग्रीको भने पुर्वतयारी नगरिएको कार्यरत स्वास्थ्यकर्मी र स्थानियको गुनासो छ ।
स्थानियले बाँडे तीन सय मास्क
विश्वभरी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमण रोक्नका लागि जाजरकोटका स्थानीयहरुले आफनै लगानीमा मास्क वितरण अभियान सुरु गरेका छन् । जिल्लाको भेरी नगरपालिका वडा नम्वर ३ थाप्लेचौरका स्थानीयले आफै पैसा उठाएर गाउँमा आउने र गाउँवाट वाहिर जानेहरुलाई निशुल्क मास्क वितरण गरेका हुन् । उनीहरुले शनिवार विहान थाप्लेचौरमा एक कार्यक्रमको आयोजना गरेर मास्क वितरण अभियान सुरु गरेका छन् । शनिवार विहान मात्रै उनीहरुले स्थानीय वासी, गाडीका यात्रु, गाडी चालकहरु तथा अन्य व्यक्तिहरुलाई तीन सय वढी मास्कहरु वितरण गरेका छन् ।
थाप्लेचौर टोलविकास समिति की अध्यक्ष अमृता वली विसीले कोरोनाको संक्रमण गाउँमा फैलिन नदिन आफुहरुले मास्क वितरण गरेको वताइन् । टोलविकास समितिमा आवद्ध स्थानीय युवाहरुको विशेष सक्रियतामा थाप्लेचौरको वसपार्क र वजार क्षेत्रमा रहेकाहरुलाई निशुल्क मास्क वितरण र सार्वजनिक शौचालयमा वाल्टीन तथा हात धुने सावुनहरु राख्ने काम गरिएको उलने वताइन् ।
्निशुल्क मास्क वितरण कार्यक्रममा भेरी नगरपालिका वडा नम्वर ३ का वडाध्यक्ष लिलावहादुर शाहले आगन्तुक र गाडीका यात्रु तथा चालकहरुलाई विशेष सचेतनामुलक जानकारी दिदै मास्क वितरण गरेका थिए ।
कोरोनाका संक्रमणवाट आफनो सुरक्षा गर्न र अरुलाइ पनि सुरक्षित राख्नका लागि थाप्लेचौरका स्थानीय युवाहरुले जस्तै अरुले पनि सामाजिक सेवाको भावनाले कोरोना विरुद्धको अभियानमा सक्रियतापुर्वक लाग्नु पर्ने वडाध्यक्ष शाहले वताए ।
बसपार्कमा नेपाली सेनाको हेल्प डेस्क
नेपाली सेनाले जाजरकोट सदरमुकाम खलंगामा कोरोनाको सम्बन्धी सचेतना जगाउन हेल्प डेस्कको स्थापना गरेको छ ।
जाजरकोट भित्र्ने र बाहिने यात्रुलाई ध्यानमा राखेर नेपाली सेनाले हेल्प डेस्कको स्थापना गरेको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले बताए । उनले नेपाली सेनाका स्वास्थ्य प्राविधिक र औषधी सहितको टोलीले क्याम्प खडा गरेर काम थालेको उनले बताए । हेल्प डेस्कबाट आवश्यक परापर्श सहितको सेवा उपलब्ध हुनेछ ।
















































। ९ चैत्र २०७६, आईतवार