जुम्लाको सिंजा गाउँपालिकामा रहेको एकमात्र रेडियो सिंजा एफ एम हटाउन दबाव आईरहेको छ । सिंजा गाउँपालिका अध्यक्ष देवलसिंह रावललाई लाट्ठीले हानेको,गाउँपालिकामा अनियमितता र एम्बुलेन्स मा जनप्रतिनिधि भन्ने समाचार प्रसारण गरे बापत सिंजा गाउँपालिकाले रेडियो हटाउन अल्टीमेटम दिएको रेडियो सिंजा एफएमका स्टेशन म्यानेजर मोहन बिक्रम शाहिको आरोप छ ।
जुम्लाको सदरमुकाम देखि ३२ कोस टाढा रहेको रेडियो सिंजा एफ एम ले गएको एक महिनामा गाउँपालिकाले गरेका अनियमितता का समाचार प्रशारण गरेपछि विभिन्न धम्की खेप्दै आइरहेको स्टेशन म्यानेजर शाहीको दाबी छ ।
उनले भने, यही चैत्र २ गते सिंजा गाउँपालिका वडा नं २ का देबिकृष्ण शर्माले गाउँपालिका अध्यक्ष लाई हिडिरहेका बेला गाउँपालिका क्षेत्रमा बालुवा उत्खनन् कार्य किन नरोकेको भन्दै लाट्ठीले हानेको समाचार रेडियो सिंजा एफ एम मा प्रशारण भए पछि गाउँपलिका अध्यक्ष देवल सिंह रावलले रेडियो नचलाउन चेतावी दिएको आरोप छ ।
भने, अध्यक्ष रावलले आज वडा नं ३ को कार्यलय मार्फत १५ दिन भित्र रेडियो संचालन गरिरहेको साबिक नराकोट गा बि स को भवन खालि गर्न पत्र पठाईएको छ ।
यस अघि पनि सिंजा गाउँपालिकाको एम्बुलेन्स मा जनप्रतिनिधि ले चढेको समाचार प्रशारण पछि तत्काल रेडियो खालि नगरे मेसिनरि सामान उठाएर फाल्दिने समेत गाउँपालिकाले चेतावनि दिदै आइरहेको थियो ।
सिंजा क्षेत्रका ३ वटा गाउँपालिकाको एक मात्र संचारको माध्यम रेडियो सिंजाले गाउँपालिकाका भ्रष्टाचार र बेथितीको समाचार प्रशारण गर्ने डरले बन्द गराउन लागीएको रेडियो सिंजा एफ एम का अध्यक्ष लिलाराज रावतको भनाई छ ।
गाउँपालिकाको भवन छाड्न अल्टीमेटम दिएपछि अब रेडियो खुल्ला चउरमा पाल हालेर भएपनि नियमित प्रशारण गर्ने तयारी छ । प्रेस स्वतन्त्रता माथिको दमन भएको भन्दै सिंजा एमफएम परिवारले स्वच्छ पत्रकारिता माथि दादागिरी चलेको आरोप लगाएको छ ।
२०७२ सालमा साबिक सिंजा क्षेत्रका ११ वटा गा बि स ले स्थापना गरेको सिंजा क्षेत्रको एक मात्र संचारको माध्यम रेडियो सिंजा एफ एम हाल सम्म नियमित रुपमा प्रशारण हुँदै आईरहेको छ । हाल सिंजा एफएम संचालित भवन सिंजा गाउँपालिका स्थित साविकको नराकोट गाविसको भवन हो ।
। ८ चैत्र २०७६, शनिबार