
काठमाडौं : कोरोना संक्रमण नियन्त्रणका लागि सत्तारुढ नेकपाको निर्णयअनुसार सरकारले मानवीय गतिविधीमा कडाई गरेसँगै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि आजदेखि अत्यावश्यक बाहेकका भेटघाट बन्द गरेका छन्।
प्रचण्डपुत्री गंगा दाहालले फेसबुकमार्फत प्रचण्डद्वारा भेटघाट स्थगित गरिएको जानकारी दिएकी छिन्। उनले लेखेकी छिन्, ‘विश्वभर महामारीका रुपमा फैलँदै गएको कोरोना भाईरसका कारण अध्यक्ष कमरेड प्रचण्डद्वारा गरिने सम्पुर्ण भेटघाट (अत्यावश्यक बाहेक) हाललाई स्थगित गरिएको छ।’
















































। ६ चैत्र २०७६, बिहीबार