कोरोना असरः युरोपका सबै फुटबल स्थगित, कहाँ कहाँ प्रभाव ?

काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण च्याम्पियन्स लिग फुटबल र युरोपा लिग फुटबलको फाइनल खेल सरेको छ ।

युरोपियन फुटबलको सर्वोच्च निकाय युईएफएले कोरोनाको जोखिमलाई मध्यनजर गरेर च्याम्पियन्स लिग र युरोपाको फाइनल खेल सरेको जनाएको हो ।

आगामी मे महिनामा तय भएको च्याम्पियन्स लिग र युरोपाको फाइनल जुनमा हुनेछ । युईएफएले च्याम्पियन्स लिगको फाइनल जुन २७ र युरोपाको जुन २४ मा हुने जनाएको छ ।

यसअघि च्याम्पियन्स लिगको फाइनल मे ३१ र युरोपाको फाइनल मे २७ मा हुने तय भएको थियो ।

युरोकप फुटबल समेत एक वर्ष सरेको छ । यस्तै च्याम्पियन्स लिग र युरोपाका खेलहरु समेत स्थगित गरिसकेको छ ।

लिग फुटबलहरुको अवस्था–
इंगलिश प्रिमियर लिग फुटबल अप्रिल ४ सम्म स्थगित भएका छन् ।

स्पेनिश ला लिगा फुटबल पनि ४ अप्रिलसम्म स्थगित भएका छन् ।

इटालियन सिरि ए को सन्दर्भमा इटालीमा लकडाउन नै गरिएको छ ।

जर्मन बुन्डेस्लिगा २ अप्रिलसम्म स्थगित गरिएको छ ।

फ्रेन्च लिग वान खेलहरु अर्को सूचना नआएसम्मका लागि स्थगित गरिएका छन् ।

तपाईको प्रतिक्रिया