अमेरिकाले बनायो कोरोनाको भ्याक्सिन, कसलाई गरियो पहिलो परीक्षण ?

काठमाडौं । अमेरिकाले कोरोना भाइरस (कोभिड–१९) को भ्याक्सिन बनाएको छ ।

वासिङटनस्थित सिएटलको काइसर पर्मारेन्टे रिसर्च इन्स्टिच्युटले चार कोरोना संक्रमितलाई च्याक्सिन परीक्षणका लागि दिएको समाचार एजेन्सी एपीले जनाएको छ ।

बीबीसीका अनुसार विज्ञहरुले यो भ्याक्सिनले काम गरे–नगरेको पत्ता लगाउन थुप्रै महिना लाग्न सक्छ ।

परीक्षण अवधि एक वर्षदेखि डेढ वर्षसम्म लाग्न सक्ने जनाइएको छ ।

एपीका अनुसार पहिलो भ्याक्सिन सोमबार ४३ वर्षीया जेनिफर हेलर नामकी महिलालाई दिइएको छ ।

उनी दुई बच्चाकी आमा हुन् । भ्याक्सिन लगाएपछि उनले केही गर्नका लागि यो सबैभन्दा राम्रो अवसर रहेको पनि बताएकी छिन् ।

भ्याक्सिन (खोप) ४५ जना संक्रमितमा दिइने पनि जनाइएको छ ।

विश्वकै अनुसन्धानकर्ताहरु फाष्ट ट्रयाकबाट यसको अनुसन्धान गरिरहेका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस सफलताको लागि आफ्नो देशका चिकित्सकहरूको प्रशंसा गरेका छन् ।

तपाईको प्रतिक्रिया