बारेकोटका सामुदायिक विद्यालय सुधारको खाँचो !

Image may contain: one or more people

         फर्निचर अभावमा काेराेनाकाे डरले गुम्सिएर परीक्षा  दिदै दीपेन्द मा‍वि मुल्साममा

बारेकोटका सामुदायिक विद्यालय सुधारका लागी बारेकोट गाउँपालिकाले अनुगमन सुचारु गरेको छ । बारेकोटको शिक्षा प्रणालीलाई ब्यबस्थित र आत्म निर्भर बनाउँने गरी आधारभुत तथा माध्यामिक बिद्यालयहरुको अनुगमन गरिएको छ । “बुधबार देखि बारेकोट गाउँपालिका ३ मुल्साम देखी अनुगमनको कार्य थालिएको छ । विद्यालय अनुगमनमा बारेकोट गाउँपालिकाका उपाध्यक्ष ओमा कुमारी शाही, शिक्षा बिकास शाखा बारेकोटका अधिकृत रामबहादुर मल्ललगायतको टोलीले अनुगमनको थालेको छ ।

त्यस्तै सोमबार पनि सिता मावि कार्कीज्युलामा गाउपालिकाको टोलिले अनुगमन गरेको छ । अनुगमनका क्रममा अधिकांश विद्यालयमा भौतिक संरचनाको अभाव, खानेपानीको अभाव, भवन अभाव तथा जनशक्ति अभाव जस्ता समस्याहरु देखापरेको उपाध्यक्ष शाहीको भनाई छ । जिर्ण भौतिक संरचना, दरबन्दी अभाव, खानेपानी तथा शौचालयको अभावले गर्दा गुणस्तरीय शिक्षा प्रणालीमा बाधा पुगेको यसलाई तत्काल समाधानको पाटोतिर ध्यानदिनुपर्नेमा उपाध्यक्ष शाहीको भनाई छ ।

“उपाध्यक्ष शाहीका अनुसार” अनुगमनको क्रममा बारेकोट गाउँपालिका वडा ४ मा पर्ने जगत आधाभुत बिद्यालय मैनाको भौतिक तथा शैक्षिक अबस्था जिर्ण भएको उनले बताईन । अभाव जनशक्तिलाई थप गर्ने, भौतिक संरचनालगायतका कुराहरुलाई सुधार गरेर शिक्षा प्रणालीलाई सुधार गर्नु पर्ने बारेकोट शिक्षा बिकास शाखा अधिकृत रामबहादुर मल्लले जानकारी गराए ।

“अधिकृत मल्लका अनुसार” बिद्यार्थीहरुले अनिवार्य रुपमा पाउने छात्रबृद्धि नपाएको, बिभिन्ना बिद्यालयको भौतिक जिर्ण भएको, केहिँ बिद्यालयमा शिक्षकको दरवन्दी रिक्तभएको यस्ता थुर्पै समस्यामा बारेकोटका बिद्यालयहरुमा रहेको उनले बताए । “छात्रबृद्धिनदिएको बिद्यालयलाई कडाई गरी दिलाउँने निर्देशन दिने बिद्यालयको शैक्षिक अबस्थालाई मर्या्दित बनाउँने प्रत्येक आधारभुत तथा माध्यामिक बिद्यालयमा बिद्युतीय हाजिरी जडान गर्ने र बिद्यालयमा शिक्षकको उपस्थीतिलाई बढि ध्यानमा राख्नुपर्ने मल्लको भनाई छ ।

“बारेकोटमा रहेको केही बिद्यालयमा बिद्युतीय हाजिर जडान गरीसकेको अन्य विद्यालयहरुमा बिद्युतीय हाजिर छिटै जडान गर्ने र विद्यालयको भौतिक अबस्थालाई ब्यबस्थित गर्ने अधिकृत मल्लले बताए ।

तपाईको प्रतिक्रिया