कठै ! यी आमाको ९ लाख खर्च गरेर निको भएन स्तन क्यान्सर उपचारमा सहयोग गर्न सके पैसा दिउ नसके सेयर गरेर सहयोग गरौँ ।

जाजरकोट । स्तन क्यान्सर भएर थलापरेकी नलगाड नगरपालिका–५ लबिसाकी पबी खड्काले उपचारमा ९ लाख खर्च गरिसकिन तर, उनको स्तनक्यान्सर बल्जेको बल्जै छ । घरको श्रीसम्पती बेचेर उपचारमा लगाएकी पबी यतिबेला रोग सन्चो नभएपछि कालको पर्खाइमा छन् । पबीको देब्रे स्तनमा दुई बर्ष पहिला एक्कासी गाँठो देखा परेको थियो ।

स्तनमा देखापरेको गाँठो जचाउन पबीका लोग्ने मकवीर खड्काले २०७५ साल बैसाखमा मेडिकल कलेज कोहलपुर पुर्याएका थिए । सात दिनसम्मको चेकजाँच पछि मात्र कोहलपुर मेडिकल कलेजले स्तनक्यान्सर भएको पत्ता लगाएको पबीका लोग्ने मकवीरले जानकारी दिए । कोहलपुरमा रोग पत्ता लागेपछि उपचारका लागि आफुले श्रीमतिलाई विपी कोईराला मेमोरियल क्यान्सर अस्पताल चितवनमा पुर्याएको मकवीले बताए । चितवनको भरतपुर स्थित क्यान्सर अस्पतालमा अप्रेशन गरिएको जानकारी दिदै मकवीरले देब्रे स्तननै काटेर फालेको जानकारी दिए ।

पबीको स्तनअपे्रशनमा डा. गंगा सापकोटा संलग्न भएका थिए । स्तन क्यान्सरको अप्रेशनपछि नियमित रुपमा औषधी खानुको साथै २१–२१ दिनको अन्तरमा किमु चढाई राखेको भएता पनि हालसम्म पबीको स्तनक्यान्सर सन्चो हुन सकेको छैन । झण्डै दुई बर्षसम्म अप्रेशन गरिएको घाउ पनि नसुकेपछि ५० बर्षिय पबी कालको पर्खामा छटपटाई रहेकी छन् । उपचारमा ९ लाख खर्च भईसकेका जानकारी दिदै मकवीरले स्वास्नीको थप उपचारका लागि आबश्यक पर्ने रकम घरबाट जुटाउन नसकिने बताए ।

उपचारमा भएको ९ लाख खर्चमध्ये स्वास्थ्य बीमाबाट एक लाख बराबरको उपचार गरिएको मकवीरले जानकारी दिए । स्वास्थ्य सेवा कार्यालय तथा अस्पताल बिकास समितिको निर्णय र जिल्ला प्रशासन कार्यालयको सिफारिसमा नलगाड नगरपालिकाले आर्थिक बिपन्नताको कोटामा राखेर एक लाख सहयोग गरेको खड्काले बताए ।

२१ दिनको बीचमा एक पटक चढाईने किमुको मुल्य २५ हजार र किमु चढाउदा प्रयोग गरिने औषधीको मुल्य १४ हजार पर्ने खड्काले जानकारी दिए । दुई बर्षमा घरको ७ लाख खर्च भईसकेको जानकारी दिदै खड्काले चितवनमै बसेर नियमित औषधी गर्नलाई आफ्नो आर्थिक अबस्थाले धान्न नसक्ने भएपछि २१ दिनको बीचमा बिरामीलाई जाजरकोटको लबिसा पुर्याउने गरिएको बताए ।

कृषि पेशामा निर्भर रहदै आएको खड्का परिवारलाई ४ रोपनी पाखो जमिनबाट उत्पादन भएको अन्नले खाना नपुग्ने भएपछि कमल जैसी (हाडेकाफल) भन्ने देबताको नाममा भएको गुठी खेतमा धान र गहुँ खेती गर्दै आएका छन् । सम्पतीका नाममा एकहल गोरु र एउटा भैसी भएका खड्काका दुई भाई छोरा र तीन बहिनी छोरी छन् । कम्जोर आर्थिक स्थितिका कारण उच्च शिक्षा पाउन नसकेका जेठा छोरा शिवबहादुर खड्का कालापहाड जाने आउने गर्छन भने, जेठी छोरी प्रेमकुमारी खड्काले गाउँकै एक केटासंग बिबाह गरिसकेकी छन् ।

कान्छो छोरा ओमराज खड्का, माईली छोरी चन्द्रा खड्का र कान्छी छोरी तारा खड्काले भक्खरै ११, १२ को पढाई पुरा गरेर क्याम्पसको पढाईमा जोडिएका छन् । श्रीमतिको उपचारमै आर्थिक रुपमा टाट परिसकेका मकवीरले प्राविधिक शिक्षा पढ्ने सोच बनाएका छोरा छोरीको ईच्छालाई पुरा गर्न नसक्ने बताए ।

उपचारले आफुलाई सन्चो नहुने सोचमा पुगेकी पबीले भने, आफुले यस धर्तीबाट छिट्टै बिदाई लिएर पिडायुक्त बोझबाट मुक्ति पाउने बताई रहेकी छन् । पबीको जीवन बचाउन श्रीमान मकवीर भने आर्थिक सहोग जुटाउन हात थापेर सडक–सडक धाउन थालनेका छन् । तर, उनको आबश्यकतालाई पुरा गर्ने गरि सहयोग गर्ने निकाय र व्यक्ति भने मकवीरले अझै भेट्न सकेका छैनन् ।

तपाईको प्रतिक्रिया