पुन्मामा परे २५ विद्यार्थी विरामी आखीर केहो ? पढ्नुहोस समाचार

जाजरकोट जाजरकोटको भेरी नगरपालिका ७ पुन्मा स्थित सरस्वती माध्यमिक विद्यालयको २५ विद्यार्थी एक पटक विरामी परेका छन् । विद्यार्थीमा रुघाखोकी, ज्वरो र टाउको दुख्ने समस्या देखिएको प्रधानाध्यापक धिरेन्द्र शाहले बताए । विद्यालयमा अहिले बार्षिक परीक्षा चलिरहेको छ ।
त्यसमध्य ७ जनामा सिकिस्त विरामी छन् ।

उनीहरुमा ज्वरो समेत देखिएको छ । अन्यलाई सामान्य खालको रुघाखोकी छ । बार्षिक परीक्षा दिने क्रममा सोमवार ति विद्यार्थी विरामी परेका हुन् । कतिपय विद्यार्थी शनिवार देखि नै विरामी भएपनि बार्षिक परीक्षा छुट्ने डरले परीक्षामा सहभागी भैरहेको स्थानिय दीपबहादुर शाहीले बताए । उनले केही दिन अघि परेको बर्षातका कारण गाँउमा रुघाखोकीका विरामी बढेको बताए ।

केही विद्यार्थी विरामी भएको जानकारी आएपछि नगरपालिकाले एक स्वास्थ्यकर्मीको टोली औषधी सहित विद्यालयमा पठाएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत दलबहादुर घर्तीले बताए । त्यहाँको अवस्था बुझ्न र उपचार गर्नको लागी स्वास्थ्यकर्मीको टोली पठाएका छौ उनले भने ‘अवस्था हेरेर आवश्यक उपचारको ब्यवस्था मिलाउँछौ ।’ विद्यालय सदरमुकाम

खलंगाबाट सो विद्यालय पुग्न तीन घण्टाको समय लाग्छ ।जिल्ला अस्पताल जाजरकोटका मेडिकल अधिकृत डा.अमिन शाहले पुन्मामा मौसमी रुघाखोकी देखिएको बताए ।

तपाईको प्रतिक्रिया