काठमाडौ । कमेडी च्याम्पियनको पहिलो संस्करणको विजेता हिमेश पन्त भए संगै खड्ग बहादुर पुनका समर्थकहरुले कार्यक्रम बाहिर वि रोधको ना रा बा जी सुरु गर्न थालेका छन् । खड्ग बहादुर पुन मगरको समर्थकहरुले कार्यक्रमको बाहिर भोटिङ्गका अनुसार विजेता बनाइएन भन्दै नाराबाजी सुरु गरेका छन् ।
कमेडी च्याम्पियन मुर्दावाद भन्दै नाराबाजी लाउँदै धाँ धली भएको जनाएका छन् । जाति वादको कुरा समेत उठाउँदै नाराबाजी लाएको पाईएको छ । बा हुन भएका कारण हिमेश पन्तलाई जिताईयो भन्ने जस्ता तर्क प्रस्तुत गर्दै खबपुका समर्थकहरुले भोटिङ्गका अनुसार विजेता नबनाएकोमा विरो ध जनाएका हुन् ।
कमेडी च्याम्पियनको फिनालेमा हिमेश पन्तसंग खबपु र सुमन कोईरालाले प्रतिस्पर्धा गरेका थिए । भोटिङ्गकै आधारमा विजेता छानिने भनिएको कार्यक्रमको फ़र्माट अनुसार हिमेश पन्तलाई विजेता घोषणा गरिएको कार्यक्रम आयोजकहरुले जनाएका छन् । कार्यक्रमकै एक आयोजकले भने, “समर्थकहरुले विरोध गर्नु वहाँहरुको माया हो । भोटिङ्गमा कुनै धाँ धली गरिएको छैन र हामी संग भोटिङ्गको लिष्ट सुरक्षित छ जुन जहिले पनि हामी देखाउन सक्छौ ।”
भिडियो हेर्नुहोस
















































। २ चैत्र २०७६, आईतवार