शैक्षिक सुधारका लागि ः विद्यालयमा विद्युतीय हाजिरी जडान

बारेकोट । जिल्लाको बारेकोट गाउँपालिकाको एक विद्यालयमा शैक्षिक सुधारका लागि विद्युतीय हाजिरी जडान गरिएको छ । गाउँपालिकाको दीपेन्द्र माद्यामिक विद्यालय मुल्साममा विद्युतीय हाजिरी जडान गरिएको हो ।

शिक्षक समयमा विद्यालयमा उपस्थित हुन नसक्दा विद्यार्थीको पढाई छुट्ने समस्या समाधान गर्न विद्यालयमा विद्युतीय हाजिरी जडान गरिएको बारेकोट शिक्षा शाखाका प्रमुख रामबहादुर मल्ललाई उद्धत गर्दै सहकर्मी हरिबहादुर नेपालीले जानकारी दिए । यसले विद्यालयमा शिक्षक नियमित उपस्थित हुनुले नियमित पढाई हुने विश्वास व्यक्त गरिएको छ ।

हाजिरी जडान संगै शैक्षिक सुधारका लागि विद्यालयको निरीक्षक समेत गरिएको छ । प्रमुख मल्लले विद्यालयमा आवश्यक दरबन्दी थप गर्ने समेत जानकारी दिए । मुल्साम एक स्वास्थ्य संस्थामा पनि विद्युतीय हाजिरी जडान गरिएको छ । मुल्साम बाट सुरु गरिएको हाजिरी जडान गाउँपालिका भित्रका अन्य विद्यालयमा समेत जडान गरिने मल्लले एचपीखबरलाई जानकारी दिए ।

तपाईको प्रतिक्रिया