बेटिससँग रियल मड्रिडकाे हार, शीर्ष स्थानमा उक्लिने मौका गुम्याे

unn.prixa.net

काठमाण्डौ – स्पेनिस ला लिगामा रियल मड्रिड रियल बेटिससँग पराजित भएको छ । पराजयका कारण रियलले शीर्ष स्थानमा उक्लिने मौका गुमाएको छ । रियल बेटिसको मैदानमा भएको खेलमा रियल मड्रिड २-१ ले पराजित भएको थियो । घरेलु मैदानमा रियल मड्रिडलाई हराउनका लागि बेटिसका सिड्नेई र टेल्लोले एक/एक गोल गरेका थिए । खेलको ४० औं मिनेटमा सिड्नेईले गोल गर्दै रियल बेटिसलाई अग्रता दिलाएका थिए ।

पहिलो हाफको अन्तिम समयमा रियल मड्रिडका लागि करिम बेन्जेमाले पेनाल्टीमार्फत गोल गरेका थिए । तर, ८२ औं मिनेटमा टेल्लोले गोल गर्दै बेटिसलाई फेरी अग्रता दिलाएपछि रियल मड्रिडले पराजय भाेग्नु परेकाे हाे ।  बेटिससँगकाे हारसँगै रियल मड्रिड शीर्ष स्थानको बार्सिलोनाभन्दा दुई अङ्कले पछि परेको छ । शीर्ष स्थानको बार्सिलोनाको ५८ अङ्क छ भने रियलको ५६ अङ्क छ । रियल बेटिस भने ३३ अङ्क बनाएर तीन स्थान माथि उक्लिदै १२ औं स्थानमा पुगेको छ ।

तपाईको प्रतिक्रिया