एक अर्ब एन्ड्रोइड मोबाइल ह्याकिङ्गको जोखिममा, यसरी जोगिनुहोस्

 एक अर्ब भन्दा बढी एन्ड्रोइड मोबाइल ह्याक हुने अवस्थामा रहेको बेलायती मुल्याङ्कनकर्ता कम्पनी(वाचडग) ‘ह्विच’ले जनाएको छ ।

सेक्युरेटी अपडेट नभएका कारण ती मोबाइलहरु ह्याक हुने जोखिममा रहेको ह्विचको निष्कर्ष छ । जेखिमले प्रयोगकर्ताको सुचना विश्वभर फैलाउन सक्ने र जस्तोसुकै धम्की पनि दिन सक्ने देखिएको छ ।

सन् २०१२ र त्यसअघि उत्पादित एन्ड्रोइड प्रयोगकर्ताहरुमा यसको उच्च जोखिम रहेको जनाइएको छ ।

एन्ड्रोइड अपरेटिङ्ग सिस्टमको आविष्कारक कम्पनी गुगलको आफ्नै तथ्याङ्कले पनि विश्वभरका ४२ दशमलव २ एन्ड्रोइड प्रयोगकर्ताहरुको अपरेटिङ्ग सिस्टम ६.० र यसभन्दा कम रहेको देखाउँछ ।

एन्ड्रोइडको सेक्युरिटी बुलेटिनले ७.०. भर्जन बाहेकका एन्ड्रोइड मोबाइलका लागि कुनै सेक्युरिटी पीच नरहेको जनाएको थियो ।

यस तथ्यांक अनुसार ह्विचले विश्वमा ५ मध्ये २ प्रयोगकर्ताहरुले सेक्युरिटी अपडेट नपाइरहेको निष्कर्ष निकालेको हो ।

‘आफुले गुगललाई यसबारे जानकारी दिएको र गुगलले कुनै सेक्युरिटी सिस्टमको विकास भइरहेकोबारे जानकारी नदिएको’ ह्विचको भनाई छ ।

आफ्नो मोबाइल कसरी चेक गर्ने ?

  • यदि तपाइको मोबाइल २ वर्षभन्दा पूरानो मोडलको हो भने अपडेट गर्न, सेटिंग > सिस्टम > एडभान्स > सिस्टम अपडेट
  • यदि तपाईको मोबाइल अपडेट भएन र ४.० भर्जनको हो भने ह्याकको सम्भावना देखिन्छ, त्यसकारण गुगल प्ले बाहिरका एपहरु डाउनलोड नगर्नुहोस् ।
  • त्यस्तै शंकास्पद म्यासेजहरुबाट पनि बच्नुहोस् ।
  • मोबाइलमा भएको आवश्यक डाटा अन्त पनि राख्नुहोस् र एन्टिभाइरस इन्स्टल गर्नुहोस् ।

 (एजेन्सी)

तपाईको प्रतिक्रिया