जाजरकोट । जिल्ला प्रशासन कार्यालय जाजरकोटले ठुला सभा समारोह तथा अन्य कार्यक्रम नगर्न आग्रह गरेको छ । विहबार सार्वजनिक सुचना जारी गरी आग्रह गरेको हो ।
चीनको हुहान बाट सुरु भएको कोरोना भाईरस नेपालमा पनि भित्रिन सक्ने सम्भावना भएकोले होली पर्वमा लोला, विभिन्न कार्यक्रम,भोज भतेर,जात्रा ,महोत्सव नगर्न आग्रह गरेको सुचनामा उल्लेख गरिएको छ ।
साथै प्रशासनले ज्वरो आउने, रुघाखोकी लाग्ने, घाँटी दुख्ने जस्ता लक्ष्णहरु देखि तत्काल नजिकैको स्वास्थ्य संस्थामा जान समेत आग्रह गरेको छ ।

















































। २३ फाल्गुन २०७६, शुक्रबार