एपीएफ र झापा-११ भिड्दै

काठमाडौं । पोखरामा जारी १८ औं संस्करणको आहा ! रारा गोल्डकपको प्रि-क्वाटरफाइनलको दोस्रो खेलमा आज (शुक्रबार) विभागीय टिम एपीएफ र झापा-११ बीच प्रतिस्पर्धा हुँदैछ ।

पोखरा रंगशालामा हुने एपीएफ र झापाबीचको खेल दिउँसो २ बजे सुरु हुनेछ । दुवै टिम जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन् ।

यस खेलको विजेताले क्वाटरफाइनलमा मनाङ मर्स्याङ्दी क्लबसँग खेल्नेछ ।

यस अघि बिहिबार पहिलो खेलमा ब्रिगेड ब्वाईज क्लबलाई अतिरिक्त समयमा ३-२ गोल अन्तरले पराजित गर्दै आयोजक सहारा क्लब क्वाटरफाइनलमा पुगीसकेको छ ।

सहारा क्लब पोखराको आयोजना जारी प्रतियोगितामा १० टोलीले सहभागिता जनाएका छन् ।

प्रतियोगिता अन्तर्गत शुक्रबार एपीएफ क्लब र झापा-११ बीच खेल हुनेछ ।

प्रतियोगिताको विजेताले १० लाख १ हजार र उपविजेताले ५ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ ।

तपाईको प्रतिक्रिया