
काठमाडौं । हिट फिल्म ‘छ माया छपक्कै’का निर्देशक दीपेन्द्र लामाको नयाँ प्रोजेक्ट ‘२ नम्बरी’मा भुटानी अभिनेत्रीले उगेन छोदेनको समेत अभिनय रहने भएको छ । बिहिबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच निर्माण युनिटले फिल्मको अभिनेत्रीको रुपमा छोदेनलाई सार्वजनिक गरेको हो । भुटानी फिल्मको निर्माता, अभिनेत्री तथा निर्देशक समेत रहेकी छोदेनले नेपाली फिल्ममा यसैबाट डेब्यु गर्न लागेकी हुन् ।
फागुन २८ गतेबाट छायाँकनमा जाने बताइएको फिल्ममा छोदेन अभिनेता दयाहाङको जोडी बन्नेछिन् । कार्यक्रममा निर्देशक लामाले फिल्ममा छोदेन भूमिका भुटानी नागरिक हुने जानकारी दिए । ‘मेरो छोदेनसँग एक फिल्म फेस्टिभलमा भेट भएको थियो । त्यहाँ उहाँको फिल्म हेर्ने मौका समेत पाए’ निर्देशक लामाले भने, ‘म उहाँको अभिनयबाट प्रभावित छु ।’
अभिनेत्री उगेनले नेपाली फिल्ममा अभिनय गर्ने अवसर पाउनु आफ्नो लागि सौभाग्यको कुरा रहेको बताइन् । भुटानमा विदेशी फिल्म प्रतिबन्ध भएपनि यूट्युबमार्फत् नेपाली फिल्म हेर्ने गरेको उनले सुनाइन् । अभिनेता दयाहाङले उगेनसँग अभिनयका लागि आफु उत्साहित रहेको बताए । दुई साथीको कथामा बन्ने ‘२ नम्बरी’ को कथा निर्देशक लामाकै हो । फिल्ममा कलाकार बुद्धि तामाङको पनि अभिनय रहनेछ । फिल्म किरण नेपालीले निर्माण गर्न लागेका हुन् ।
















































। २२ फाल्गुन २०७६, बिहीबार