
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले होली नमनाउने भएका छन् । उनले होली सम्बन्धी कुनै पनि समारोहमा सहभागी नहुने निर्णय बुधबार ट्वीटमार्फत सार्वजनिक गरेका हुन् ।
मोदीले विश्वभर फैलिएको कोरोना भाइरसको महामारीका कारण होली नमनाउने उल्लेख गरेका छन् ।
मोदीले ट्वीटरमा भनेका छन, ‘कोभिड –१९ बाट बच्न विशेषज्ञहरुले सामूहिक भेला नगर्न सुझाव दिएका छन्, यसकारण मैले कुनैपनि होली मिलन कार्यक्रममा सहभागी नहुने निर्णय गरेको छु ।’
















































। २१ फाल्गुन २०७६, बुधबार