मृगलाई जंगलमा छोडियो

रुकुम (पूर्व)को सिस्ने गाउँपालिका–५ कमलदह नजिकै गत आइतबार फेला परेको मृगलाई मङगलबार जङगलमा लगेर छोडिएको छ ।

आइतबार बिहान जिल्ला प्रहरी कार्यालय रुकुम (पूर्व) का प्रहरी नायव उपरिक्षक गजुसिद्धि बज्राचार्यले कमलदहबाट पानी खाएर फर्कदै गरेको मृगलाई देख्नुभएको थियो । मृग देखे लगत्तै उहाँले उसलाई नियन्त्रणमा लिनको लागि डिभिजन वन कार्यालय र नेपाली सेनाकोे सहयोग लिनुभएको थियो ।

नेपाली सेनाको सहयोगमा नियन्त्रणमा लिइएको मृगको भाग्न खोज्दा मुखका चोट लागेको थियो । उक्त मृगको उपचार पछि शिबशक्ति वनमा लगेर छोडिएको डिभिजन वन कार्यालय रुकुम (पूर्व) का सहायक वन अधिकृत सुजन राजभण्डारीले जानकारी दिनुभयो । मृगलाई डिभिजन वन कार्यालय, प्रहरी, पत्रकार लगाएतको रोहबरमा जङगल छोडिएको हो ।

पछिल्लो चरणमा मृग बजारतिर झरिरहेका छन् । गएको महिना पनि वन कार्यालय बसेको घरकै रेलिङमा अल्झिएको अवस्थामा मृग फेला परेको थियो । जङ्गलमा मान्छेको चहलपहल, खानाको अभाव, पानीका मुहान सुक्दै जानुका कारण जङ्गली जनावर बस्तितिर झर्न थालेका हुन् ।

तपाईको प्रतिक्रिया