सुर्खेतमा यात्रु बोकेको जीप भीरबाट खस्यो

सुर्खेत : सुर्खेत र दैलेखको सिमानामा पर्ने तारापोखरी नजिकैको भिरबाट यात्रु बोकेको जीप खसेको छ। सुर्खेतको चिङगाड गाँउपालिका वडा नम्बर ६ पाम्काबाट यात्रु बोकेर सुर्खेतको वीरेन्द्रनगर तर्फ आउदै गरेको जीप भीरबाट तल खसेको प्रत्यक्षदर्शी चिङगाड गाँउपालिका अध्यक्ष देव बहादुर चन्दले जानकारी दिए।

चन्दकाअनुसार गाडी सडकबाट २-३ सय मिटिर तल खसेको छ। सडकबाट गाडी खसेको स्थान देख्न सकिएको छैन्। जीप चालकलाई घाईते अवस्थामा उद्दार गरिएको छ। जीपमा यात्रु खचाखच भएको भए पनि एकीन संख्या थाहा हुन सकेको छैन्।

घटना स्थलमा उद्धारको लागि प्रहरी पुगेको छ। ट्राफिक प्रहरी हवल्दार कुवेर वलीले उद्दार कार्य जारी रहेको जानकारी दिए। थप विवरण आउन बाँकी रहेको छ।

तपाईको प्रतिक्रिया