प्रधानमन्त्रीको ‘प्रि ट्रान्सप्लान्ट’ डायलाइसिस गरियो

काठमाडौं – मिर्गौला प्रत्यारोपणका लागि त्रिवि शिक्षण अस्पताल (टिचिङ) भर्ना भएका प्रधानमन्त्री ओलीको डायलाइसिस गरिएको छ ।
आज बिहान साढे ९ बजे प्रधानमन्त्री ओलीको डायलाइसिस गरिएको टिचिङ अस्पतालका निर्देशक डाक्टर प्रेम कृष्ण खड्गाले जानकारी दिए ।

मिर्गौला प्रत्यारोपण गर्नुभन्दा अगाडी रगतमा हुने टक्सिनहरु निकाल्न प्रधानमन्त्रीको ‘प्रि ट्रान्सप्लान्ट’ डायलाइसिस गरिएको हो ।

अस्पतालका निर्देशक डा खड्गाका अनुसार प्रधानमन्त्री ओलीको अहिले प्रत्यारोपण अगाडी गरिने विभिन्न स्वास्थ्य परीक्षणहरु भइरहेको छ ।

प्रधानमन्त्री ओलीको भोलि (बुधबार) मिर्गौला प्रत्यारोपण गर्नका लागि टिचिङको नेफ्रोलोजी विभागमा हिजो (सोमबार) नै भर्ना गरिएको थियो ।

तपाईको प्रतिक्रिया