प्रशिक्षक एन्सेलोटीलाई जरिवाना

एजेन्सी । इंग्ल्यान्ड फुटबल एसोसियसनले एभर्टनका प्रशिक्षक कार्लो एन्सेलोटीलाई जरिवाना गरेको छ ।

इन्ग्लिश प्रिमियर लिग अन्तर्गत सोमबार राति म्यानचेस्टर युनाइटेडविरुद्धको खेलमा रातो कार्ड पाएका एन्सेलोटीलाई ८ हजार पाउण्ड जरिवाना गरिएको हो ।

यदि एन्सेलोटीले जरिवानाविरुद्ध अपिल गर्दा असफल उनको जरिवाना १२ हजार पाउण्ड पुग्ने एफएले जनाएको छ ।

खेल सकिएपछि म्याच रेफ्री क्रिससँग विवाद गरेपछि एन्सेलोटीलाई रातो कार्ड देखाईएको थियो । जुन खेलमा एभर्टन युनाइटेडसँग १-१ गोलको बराबरीमा रोकिएको थियो ।

खेलको अन्तिम समयमा डोमिनिक लेविनले गोल गरेपनि भीएआरबाट अफसाइड देखिएको थियो । जसको कारण एभर्टन जित निकाल्न बन्चित बनेको थियो ।

लेविनको गोलले मान्यता नपाएपछि एन्सेलोटी रेफ्रीविरुद्ध खनिएका थिए ।

तपाईको प्रतिक्रिया