रमेश अधिकारी
जाजरकोट,फाल्गुन ६
जाजरकोटमा उद्यमी व्यवसायीहरुले जिल्लामै कर कार्यालय स्थापना हुनुपर्ने माग राखेका छन् । जिल्लामा कर कार्यालय नहुदा झिनो कर तिर्न पनि सुर्खेत जानुपर्ने बाध्यता रहेको टोनीहेगन रत्नपत्थर उद्योगका संचालक सुशिल रावलले जानकारी दिए । उनले थपे आर्थिक रुपले विपन्न पछाडी परेका वर्गको आवतजावतमै थुप्रो खर्च हुने गरेको छ,यसको बारेमा आवाज उठाउन पर्छ
उता उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जाजरकोटका कार्यालय प्रमुख चन्द्र प्रकाश कडेलले भने लघु तथा साना उद्योग व्यवसायहरु जाजरकोटमा १२ सय भन्दा बढी दर्ता छन् उनिहरुले दैनिक जसो यसको बारेमा आवाज उठाउने गरेको बताए । जिल्लाका लघु उद्यमी तथा व्यवसयीहरुको समस्यालाई ध्यानमा राखेर जिल्लामै कर कार्यालय स्थापना गर्न आवश्यक रहेको बताए ।
देश संघियतामा गैसकेको अवस्थामा सिहंदरबारको अधिकार गाँउगाउमा भन्ने नारालाई साकार पार्नका लागि सम्पुर्ण सेवा सुविधा जिल्लास्तरबाट उपलब्ध गराउनु पर्ने देखिएको छ , १२ सय जना व्यवसायिहरु कर तिर्न सुर्खेत जाँदा ४,५ दिन सम्म लाग्ने र प्रति व्यक्ति रु ३००० का दरले १२ सय जनाको वार्षिक ३६ लाख अनावश्यक खर्च हुने अनुमान गर्न सकिन्छ ।
जिल्लामा कर कार्यालयको स्थापना गरि स्थानियलाई जनमुखि सुशासन र हाल कर तिर्न सुर्खेत जानुपर्ने बाध्यता रहेको छ ।
जाजरकोटमा कर कार्यालय नहुदा व्यवसायिहरुलाई सास्ती
तपाईको प्रतिक्रिया
















































। १० फाल्गुन २०७६, शनिबार