शिवालयमा शिवरात्रीको धुमधाम

                                   तस्वीर प्रविन विक

कालीबहादुर नेपाली , जाजरकोट । जिल्लाको भेरीनगरपालिका १ कालेगाउँमा रहेको शिवालयको मन्दिरमा महाशिवरात्री धुमधाम गरि मनाइएको छ । विहीबार परेको महाशिवरात्रीलाई भजन र नाँचगान गरी धुमधामका साथ मनाइएको हो । शिव उत्पत्ति भएको रातका नामबाट नामकरण भएको महाशिवरात्री प्रत्येक वर्षको फागुन कृष्ण चतुर्दशीका दिन मनाइने प्रचलन छ । कालरात्री, मोहरात्री, सुखरात्री र शिवरात्री नामक चार प्रमुख रात्रीमध्ये एक पवित्र पर्वका रूपमा यसलाई पुराणमा वर्णन गरिएको छ ।

सम्पूर्ण दुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने शिवको अति प्यारो दिनका रूपमा आजको दिनलाई लिइने प्रचलन छ । व्रतमा सर्वाेत्तम व्रतका रुपमा लिइने यस दिन भक्तजनले शुद्ध भई शिव मन्दिरमा पूजाअर्चना गरी व्रत बस्ने र शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् । यस पर्वका दिन उपवास गरी ‘ऊँ नमः शिवाय’ मन्त्र जप्ने गरेमा सर्व्सिद्ध भई यमलोक जानु नपर्ने धार्मिक विश्वास रहेको छ । निर्जल व्रत, रात्रि जागरण, चार प्रहरको पूजा, शिवलिङ्गमा दुग्धाभिषेक र शिव महिमा कीर्तन शिवरात्रिको पूजा अर्चनाका मुख्य अङ्ग मानिन्छन् । शिवरात्रि पर्वलाई पर्वको राजा भनिन्छ र शिवरात्रिको पालनाले भोग र मोक्ष दुवैको प्राप्ति हुने प्राचीन जनविश्वास छ । यस्तै जाजरकोटका विभिन्न शिवका मन्दिरमा पुजापाठ गरी मनाइएको छ । शिवालय लगायत जिल्लामा रहेका शिवका मन्दिरमा दर्शनार्थीको भिड लागेको थियो ।

सस्कृती संगै विकृति

महाशिवरात्री हिन्दु धर्मावलम्बीहरुको एउटा महान चाड हो । फाल्गुन कृष्ण चतुर्द्शिका दिन मनाईने यस पर्व शिव जि को प्यारो दिन भन्ने किवदन्ती छ । त्यसैले यो दिन विभिन्न महोत्वकान्क्षा सहित पबित्र भएर भगवान शिव जि को व्रत बस्ने गरिन्छ । महाशिवरात्री हाम्रो सस्कृती हो , हाम्रो मान्यता हो । यसको जगेर्ना गर्ने दायित्व अब हाम्रै पुस्ता देखी हुनुपर्छ । पाश्चात्य मुलुकका सस्कृती ले ब्याप्त हाम्रो नेपाली समाजमा शिवरात्री लाई धेरै महत्त्व दिनु एकदम सुखद पक्ष हो । नेपाल का मात्र हैन भारत लगाएत विभिन्न देशहरु बाट पशुपतिनाथ लगाएत अन्य शिव मन्दिर मा तिर्थालु आउनु हाम्रो लागि सास्कृतिक गौरव को विषय हो ।

धार्मिक सस्कृतिको धनी देश , बिश्वसामु धार्मिक सद्भावबाट नै छुट्टै चिनारी बनाउन सक्नु नै हाम्रो बिशेषता हो । तर हाम्रो युवापुस्ता हरुले धर्मको नाममा भड्किलो बिकृती फैलिएको पनि उत्तिकै छ । भगवान शिवजि को प्रसादको रुपमा अत्याधिक नशालु पदार्थहरु गाजा, भाङ ,धतुरो सेवन गरि आफू नै अनियन्त्रित भई हिडेको त्यो दिन प्रसस्त देखिन्छ । क्षणिक रमाइलो र साथिभाईहरु को लह लहैमा लागेर सेवन गर्ने होस् या लत नै लागेकाहरु होस् यसको सेवनले चेतनहिन भएर हिड्नु ले सामाजिक बिकृती उत्पन्न भएको पाईन्छ । यस किसिमको सेवनले धेरै अप्रिय घटनाहरु पनि घटेका छन् ,दुर्घटना हुने,झै झगडा हुने र कलन्कित समाज निर्माण भएको छ ।

शिवरात्रि नशा सेवनको पर्व हो त ? प्रश्न उठ्ने गरेको छ । धर्मशास्त्रहरुका अनुसार शिवरात्रि शिव भगवानको उपासना र आराधनाको लागि महत्त्वपूर्ण पर्व हो । शिव भगवानलाई खुसी पार्न र आफ्ना मनोकामना पूरा गर्न यो पर्व मनाउनुपर्ने मत रहेको छ । तर, महाशिवरात्रिमा पशुपति लगायत शिवमन्दिरहरुमा गाँजा, भाङ धतुरो लगायतका नशाको सेवन खुलमखुल्ला रुपमा हुने गरेको छ । यसलाई सबैले सामान्य रुपमा लिने गर्छन् । तर प्रश्न उठ्छ, भगवान शिवले नसाको प्रयोग किन गरे ?

तपाईको प्रतिक्रिया