कर्णालीमा बहुआयामिक गरिबी दर उच्च

शिक्षा, स्वास्थ्य र विकासमा पिछडिएको कर्णाली प्रदेशको बहुआयामिक गरिबी दर पनि उच्च रहेको देखिएको छ । यो प्रदेशको गरिबी दर ५१ प्रतिशत रहेको कर्णाली प्रदेशस्तरीय पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिले जनाएको हो । बहुआयामिक गरिबी दर भन्नाले गरिबी दरका साथै कमजोर शिक्षा, स्वास्थ्य र बाल मृत्युदरसमेत समावेश गरिएको तथ्यांक हो ।

समितिले सार्वजनिक गरेको तथ्यांकअनुसार मुलुकको गरिबी दर २८ दशमलव ६ प्रतिशत छ । कर्णालीबाहेक अन्य प्रदेशको गरिबी दरमा सबै न्यून गरिबी रहेको प्रदेश बागमती हो । यो प्रदेशको गरिबी दर १२ दशमलव २ प्रतिशत छ । दोस्रो न्यून गरिबी भएको क्षेत्रमा गण्डकी प्रदेश हो । यो प्रदेशको १४ दशमलव २ प्रतिशत गरिबी छ । दोस्रो सबैभन्दा बढी गरिबी रहेको क्षेत्र प्रदेश–२ हो । यहाँ ४७ दशमलव ९ प्रतिशत छन् । सुदूरपश्चिम प्रदेशको गरिबी दर ३३ दशमलव ६ र प्रदेश–५ मा ३९ दशमलव ९ छ ।

नेपालमा जीवनस्तर सर्वेक्षणले पनि खर्च गर्न सक्ने क्षमतालाई गरिबी मापनको मुख्य आधार बनाइने र त्यसका आधारमा कर्णालीमा बहुआयामिक दर पनि बढेको राष्ट्रिय तथ्यांक विभागका सूचना अधिकारी तीर्थराज चौलागाईंले जानकारी दिए । ‘हामीले आर्थिक जनगणना ०७५ लाई आधार मान्दा बढी नै रहेको छ,’ उनले भने, ‘कर्णालीमा देशको अन्य क्षेत्रभन्दा बढी गरिबीको बहुआयामिक दर रहेको विभिन्न तथ्यांहरूले देखाएको छ ।’ कर्णालीमा नवजात शिशुको मृत्युदर र पाँच वर्षको बाल मृत्युदर पनि उच्च रहेको छ । नयाँ पत्रिका 

तपाईको प्रतिक्रिया