जवरजस्ती करणी मुद्दामा पूर्व सभामुख महरालाई सफाइ

काठमाडौं : पूर्व सभामुख कृष्णबहादुर महराले जवरजस्ती करणी मुद्दामा सफाइ पाएका छन्। जिल्ला अदालत काठमाडौंका न्यायाधीश अम्बरराज पौडेलको इजलासबाट सोमबार आएको फैसलामा महराले सफाइ पाएका हुन्।

आइतबार नै फैसला हुने भनिएपनि हेर्दाहेर्दै राखिएको मुद्दाको सोमबार गरिएको फैसला महराको पक्षमा आएको हो। जिल्ला अदालत काठमाडौंमा आइतवारै दुवै पक्षको बहस सकिएको थियो। तर फैसलाका लागि समय अपुग भएको भन्दै महराविरुद्धको मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो। संसद सचिवालयकी महिला कर्मचारीलाई बलात्कार प्रयास गरेको अभियोगमा महरा पुर्पक्षका लागि हाल डिल्ली बजार कारागारमा थिए।

महराको पक्षमा अधिवक्ताहरू लवप्रसाद मैनाली, रमणकुमार श्रेष्ठ, शेरबहादुर केसी, डा. भीमार्जून आचार्य र सबिता भण्डारी बरालले बहस गरेका थिए। त्यसैगरि अधिवक्ताहरू सुशील सापकोटा, मुरारी सापकोटा, डा. दिनमणि पोखरेलले पनि महराको पक्षबाट बहस गरे। सरकारी वकिलहरुले बहस गरिसकेपछि महराको पक्षबाट बहस भएको थियो।

यसअघि जिल्ला अदालत काठमाडौंका न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले तत्काल प्राप्त प्रमाणका आधारमा महरालाई पुर्पक्षका लागि थुनामा पठाएको थियो। संसद सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि असोज १२ गते बलात्कार प्रयास गरेको अभियोग महरामाथि लागेको थियो।

मुस्कुराउँदै अदालतमा महरा : मेरा लागि डिल्ली बजार कारागार नै घर भइसक्यो गत असोज १९ गते पक्राउ परेका महरालाई जिल्ला अदालत काठमाडौँले पुर्पक्षका लागि थुनामा पठाएको थियो। जिल्ला अदालतले थुनामा पएपछि महराले उच्च अदालत पाटनमा पुनरावेदन दिएका थिए। तर, उच्च अदालतले जिल्ला अदालतकै आदेशलाई सदर गरेको थियो।

तपाईको प्रतिक्रिया