जाजरकाेटमा जन्माइन एक महिलाले दुइृ टाउका भएकाे बच्चा

image

जाजरकाेट । वारेकोट गाउपालिकामा रहेको स्वास्थ्य चौकीमा सुत्केरी हुन आएकी एक महिलाले दुई टाउका भएको बच्चा जन्माएकी छन् , यो देखेर स्वास्थ्यकर्मी र स्थानीय समेत अचम्मित भएका छन् । जाजरकोट बारेकोट गाँउपालिका ७ स्यालाका माल बहादुर बस्नेतकी श्रीमति दुर्गा बस्नेतले दुई टाउको भएको अनौठो छोरी जन्मिाएकी हुन । अनौठो बच्चा जन्मिएपछि मालवहादुरका परिवारका सदस्य र स्वास्थ्यकर्मी समेत अचम्ममा परेका छन ।

दोस्रो सन्ताको रुपमा जन्मिएकी उनको जन्मदाको तौल तीन दशमलब २५ केजी रहेको स्वास्थ्यकर्मीले बताएका छन् । यस्तो जन्मलाई स्वास्थ्यकर्मीले हजारमा एक बच्चा हुने आफुहरुले पढेको तर त्यो आफैले प्रत्यक्ष देख्दा अचम्मित भएको प्रतिक्रिया दिए । घरमा बच्चा जन्मिना नसकेपछि बारेकोट ८ सक्ला स्थित स्वास्थ्य चौकी पुरयाईएको थियो ।

स्वास्थ्यकर्मीको सहयोगमा बुधवार जन्मिएको बच्चाको अवस्था सामान्य रहेको र दुध चुसिरहेको बारेकोट स्वास्थ्य शाखा प्रमुख वीरराज सिंहले जानकारी दिनुभयो । उहाले टिउमर जस्तो ठुलो डल्लो टाउकोमा जोडिएकोले स्थानीय स्वास्थ्य सस्थामा त्यो के हो भन्न नसकिने वताउनु भयो ।
थप उपचारका लागी सुविधा सम्पन्न अस्पताल लैजान रिर्फर गरेपनि आर्थिक अभावका कारण घर फर्काएर लगेको स्वास्थ्य शाखा प्रमुख सिंहले बताउनुभयो । आर्थिक अवस्था कमजोर रहेको बस्नेत परिवारले सहयोगको याचना गरेको छ ।

बारेकोट गाँउपालिका अध्यक्ष महेन्द्र शाहले अवस्था हेरेर आवश्यक उपचारका लागी गाँउपालिकाले आवस्यक सहयोग गर्ने सक्ने बताउनु भयो आज सो वालक र आमाको अवस्था वुझ्न गाँउपालिकाको स्वास्थ्य शाखाको टिम त्यस तर्फ जादै गरेको गाउपालिकाले जनाएकोछ ।

Khimraj Hamal को फोटो।

Khimraj Hamal को फोटो।

तपाईको प्रतिक्रिया