९ दिनको छोरा काखी च्यापेर समाज परिवर्तनमा लागेकी भिमा

सपना वली जाजरकोट । जिल्लाको भेरी नगरपालिका ९ भुरमा बस्दै आएकी भिमा कार्की पहिलेको भन्दा आजभोली निकै ब्यस्त छिन् ।

९ दिनको छोरा काखी च्यापेर २०७४ मा समाज परिवर्तनमा लागेकी उनी समाजमा हुने विभिन्न सामाजिक कार्यमा सहभागी भई आफ्नो समुदायलाई केही परिवर्तन गर्नुपर्छ भन्ने सोच भएर घरायसी कामकाज सकी अन्य कामतर्फ लाग्छिन् ।
“गाउँघर वा समाजमा महिला र पुरुषलाई हेरिने जुन फरक दृष्टिकोण छ,

त्यसलाई मेटाउन स्वयम हामी महिला नै सक्रिय रुपमा अगाडी बढ्नुपर्छ ,हामीले पनि अवसर पाए पुरुष जत्तीकै काम गर्न सक्छा,ैँ कुनै पनि अवसरबाट पछि हट्नु हुदैन कार्की भन्छिन् आफु दुई छोराको आमा, त्यसैमा कान्छो छोरा सानै हुदा पनि घर व्यवहार समाल्दै आएकी एक जिम्मेवार महिला भएको बताउछिन् ।”

अर्काको लहलहिमा लागेर १५ वर्षकै उमेरमा विवाह भएर १७ वर्षमै पहिलो सन्तानको आमा बनेकी कार्की आफुले बाल विवाह गरेर पारिवारिक तथा व्यक्तिगत सबै दुख भोगेकोले आफुलाई जस्तै पिडा अरु महिलाले भोग्न नपरोस भनि बालविवाह ,महिला हिंसा, मदिरा सेवन जस्ता अनैतिक कार्य रोक्नको लागी वडा स्तरिय महिला सञ्जालमा आवद्ध भएको बताइन् ।

२०७४ भदौ महिनामा गठित महिला सञ्जालमा जोडिएर समाजमा हुने विकृति र विसंगतीलाई रोक्ने कुरा त्यति सजिलो नभएको त्यसैमा झन ठुलो चुनौती थियो परिवार भिमाको लागी ,कारण परिवारमा उनको आफ्नै श्रीमान पर स्त्रीसंग सम्बन्ध थियो भने जेठाजु लगायत गाउका अन्य पुरुषहरु जुवातासमै दिन विताउदै बरालिने गरेका थिए ,जसले गर्दा गाउमा बाल विवाह,महिला हिंसा जस्ता अन्य सवालमा आवाज उठाउदा एकातिर छरछिमेकहरु आफ्नो परिवामा शान्ति छैन के अरुलाई सिकाउदै हिड्छेस भन्दै भिमा विरुद्ध नराम्रो टिकाटिप्पणी गर्ने गर्दथे भने अर्काेतर्फ परिवारको साथ थिएन सारै अप्ठेरा थिए ती दिन कार्कीका लागी ।

मन आत्तिन्थ्यो , गर्भमा सानो छोरा ८ महिनाको हुर्किदै थियो ,परिवारका सदस्यहरुबाट साथ मिल्नु त कहा हो कहा नानाथरीका निरासाबादी कुरा सुनाउथे एक मनले भन्थ्यो मैले एक्लै चाहेर नसकिदो रैछ सबै काम छोडिदिन्छु ,, फेरी अर्काे मन भन्थ्यो काम गर्न थालेपछि चुनौती आउछन ती समस्या वा चुनौती संग लड्नु नै मेरो लागी सफलता हासिल गर्नु हो भनिन् ।

छोरा जन्मिसकेपछि महिला सञ्जाललाई बलियो आधार बनाइ विकृती विसंगती हटाउने कार्यतर्फ लागकी कार्की धेरै संघर्षपछि समाजका केहि मान्छेहरु आफुलाई महिला भएर पनि समाजमा राम्रो काम गरेको भन्थे अनि थप काम गर्ने साहस मनमा आउथ्यो तर पनि अन्य कुराको केहि जानकारी थिएन भुर रेडियो श्रोता समुहमा सहजकर्ताको रुपमा रहेर धेरै कुरा सिक्ने अवसर मिलेको बताउछिन् ।

पारसपरिक जवाफदेहिता परियोजना सुन्दर नेपाल संस्थाद्धारा गठित रेडियो श्रोता क्लवमा रहेर मिडियाको क्षेत्रमा काम गरिरहेको इक्वेल एक्सेस इन्टरनेशनलबाट उत्पादित रेडियो कार्यक्रम साझाबोली सुनेर नै म समुदायका सवाल बुझि सम्बन्धित निकायमा पुर्याउने, स्थानिय सरकारले गर्ने सार्वजनिक सुनुवाई ,

सामाजिक लेखा परिक्षण जस्ता कामहरुमा निगरानी गरी पारदर्शी ,जवापदेहि बनाउन हामी सबै युवाको रहेछ भन्ने बुझि, स्थानीयको योजना छनौटको समयमा हुने गाउ वा वडाभेलामा सहभागी हुने गरेकीे छन् अहिले उनि आफ्नो वडा तथा नगरपालिकामा आएको बजेटसिलीगं बुझि महिला हिंसा,बालविवाह न्युनीकरण सम्बन्धिका कार्यक्रमको लागी बजेट माग गरी वडामा उक्त कार्यक्रम सञ्चालन गर्दे आएकी छिन् ।

उनि केहि महिना देखी यता बहु आयामिकमा समेत जोडिएर समुदायिक सहजकर्ताको रुपमा काम गरिरहेकी छिन् ।अहिले भिमा कार्कीलाई घरमा सबैले साथ दिएका छन् र पारिवारिक समस्या पनि सुध्रिदै गएको छ ,साथै समाजमा सबैले उनको काम देखेर प्रशंसा गर्ने गर्नछन् । महिला कमजोर हुन्छन् सामाजिक काममा निर्णय गर्न सक्दैनन् भन्नेहरुका लागी एक उदाहरणीय महिलाको रुपमा लिन सकिन्छ ,भिमा कार्कीलाई ।

तपाईको प्रतिक्रिया