हराएको नागरिकता सरकारी कार्यालयमा फेला

जाजरकोट
माघ २८
जाजरकोटको एउटा सरकारी कार्यालयमा नागरिकता फेला परेको छ । जिल्लाको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयमा उक्त नागरिकता फेला परेको हो ।
कार्यालयमा आवश्यक कामकारवाही गर्न उपस्थित हुदा नागरिकता समेत कार्यालयमै छोडी गएका जिल्लाका शिवालय गाँउपालिका वडा न. २ का निरज अधिकारी नामको नागरिकता उक्त कार्यालयमा फेला परेको हो ।
साथै नागरिकता हराएको प्रमाण सहित कार्यालयमा आएमा कुनै झन्झट विना नै स्वयम ब्यक्तिलाई उपलव्ध गराउने उक्त कार्यालयका तथ्यांक सहायक मोतिराम नेपाली ले जानकारी गराउनु भयो ।
कार्यालयमा यस्ता प्रमाणपत्रहरु धेरै मात्रमा छोडिने हुनाले महत्वपुर्ण कागजात सुरक्षित राख्न सम्वन्धित सवैलाई जानकारी गराईएको समेत उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया