जातीय विभेद , छुवाछुत विरुद्ध पुरोहित धामीझाँक्री

डिल्लीराज बस्नेत

जाजरकोट । समाजमा विद्यमान जातीय भेदभाव र छुवाछु विरुद्ध यहाँका धामी, झाँक्री , पुरोहित एक जुट भएका छन् । जेठ २१ गते भेरी नगरपालिकाले पुर्ण रुपमा छुवाछुत मुक्त नगरपालिका घोषणा गर्ने अभियानलाई साथ दिन उनीहरुले यस्तो अठोट गरेका हुँन् ।

भेरी नगरपालिका भरी जातिय भेदभाव तथा छुवाछुत विरुद्ध जागरण फैलाएर समृद्ध नगर बनाउने अभियानलाई साथ दिने उहाँहरुको सामुहिक प्रविद्धता रहेको छ । कुनैपनि धर्मग्रन्थमा भेदभाव तथा छुवाछुत गर्नुपर्छ भन्ने उल्लेख नभएकाले विभेद विरुद्ध एक जुट भएर लाग्ने उद्घोष गरिएको हो ।
भेरी नगरपालिका –११, का रुपलाल शर्माले भन्नुभयो , “ आफुहरु छुवाछुत गर्दैनौ र समाजमा गर्न पनि दिन्नौ, यस्तो कुकार्म कसैवाट भए सामुहिक रुपमा प्रतिकार गछौँ । ”

भगवान तथा देवता सवैका साझा भएको भन्दै भेरी नगरपालिका –४ एकदेव शर्माले भन्नुभयो , “ आफ्नो घरमा बनाएको मन्दिरमा दलितसंगै सामुहिक रुपमा पुजापाठ गर्ने आएको छु , भगवान तथा देवता सबैका समान हुन् सानो जात र ठुलो जात भन्ने हुदैन , ।”

नगरप्रमुख चन्द्र प्रकाश घर्तीले कुसंस्कारको रुपमा मूल जरो बनेको विभेदलाई हटाउन का लागि धामीझाँक्री तथा पुरोहितहरुको महत्वपुर्ण भुमिका हुने बताउनुभयो । उहाँले भन्नुभयो , “ समाजमा भगवान तथा देउतालाई अगाडी सारेर नै छुवाछुत जस्तो जघन्ने अपराध हुने गरेकाले छ, अव हाम्रो यो सामाजिक अभियानमा धामीझाँक्री तथा पुरोहितले साथ दिनुभएको छ , यो खुसीको कुरा हो । ”

तपाईको प्रतिक्रिया