दुइ ऐन तीन निती र चार कार्यविधि पारित गर्दै सकियो भेरी नगरपालिकाको विधायन सभा

शुक्रवार देखि सदरमुकाम खलंगामा जारी भेरी नगरपालिकाको विद्यायन सभा दुई वटा ऐन, तिन वटा नीति र चार वटा कार्यविधि पारित गर्दै सकिएको छ । यस्तै उक्त विद्यायन सभाको वैठकले नौ वटा कानुन संशोधन गर्नुका साथै अन्य केहि महत्वपुर्ण निर्णयहरु पारित गरेको छ

विभिन्न समितिहरुवाट छलफल मार्फत सभामा प्रस्ताव गरिएका ऐन, नीति तथा कार्यविधिका मस्यौदाहरुलाइ नगरसभाका सदस्यहरुले दफावार छलफल गरि शनिवार पास गरेका हुन् । नगर सभाले भेरी नगरपालिकाको वातावरण तथा प्राकृतिक स्रोत संरक्षण विधेयक–२०७६ र आर्थिक कार्यविधी नियमित तथा व्यवस्थित गर्न बनेको विधेयक–२०७६ सभाबाट वहुमतले पारित भएको नगरप्रमुख चन्द्रप्रकाश घर्तीले बताए । पारित विधेयक राजपत्रमा प्रकाशित भएपछि कानुनको रुपमा लागु हुने नगरप्रमुख घर्तीले वताए ।
यस्तै नगरको विद्यायन सभाले सुशासन नीति–२०७६, पशु तथा मत्स्यपालन नीति–२०७६ र भेरी नगरपालिकाको स्वास्थ्य नीति–२०७६ पनि पारित गरेको छ । त्यस्तै विधान सभामा फोहर सरसफाई कार्यविधी–२०७६, एफ।एम। रेडियो संचालन तथा व्यवस्थापन कार्यविधी–२०७६, विपन्न नागरिक सहयोग विशेष कोष स्थापना तथा संचालन व्यवस्थापन कार्यविधी–२०७६, एम्वुलेन्स संचालन कार्यविधी–२०७६ समेत सर्वसहमतिले पारित गरिएको नगर पालिकाका प्रवक्ता पार्वती विकले वताइन् ।

प्रवक्ता विकले न्यायिक समिति सम्बन्धि कार्यविधी ऐन–२०७५, स्थानीय स्वास्थ्य सरसफाई ऐन–२०७४, जल उपभोक्ता समितिको नविकरणका लागि जलस्रोत नियमावली–२०७५, उपभोक्ता समितिमा रहने व्यक्तिहरु भुपु कर्मचारी तथा पदाधिकारीका विषयमा उपभोक्ता समिति गठन, परिचालन तथा व्यवस्थापन निर्देशिका–२०७५, एकीकृत सम्पत्ति कर व्यवस्थापन कार्यविधि–२०७५, युवा उद्यम संचालन कार्यविधि–२०७५, भेरी नगरपालिकाको कृषि कार्यक्रम संचालन तथा व्यवस्थापन कार्यविधि–२०७५ र पदाधिकारीहरुको सेवा सुविधा सम्बन्धि निर्दे्शिका–२०७५ संसोधन गरेको वताइन् ।

यसै गरि सोहि नगर विधायन सभाले जाजरकोट ठकुरी समाजको थाप्लेचौर स्थित कुलदेवताको मन्दिर सारेर उपयुक्त स्थानको खोजी गरि आवश्यक राय पेश गर्न वडाध्यक्ष खम्बजंग शाहको अध्यक्षतामा वडाध्यक्ष लिलाबहादुर शाह र अर्का वडाध्यक्ष गोपाल बटाला सदस्य रहेको एक समिति निर्माण गरेको निमित्त प्रमुख प्रशासकीय अधिकृत दलवहादुर घर्तीले वताए ।

उनले नगर सभाले नगरप्रहरीको स्थापना गर्ने, सदरमुकामका घरहरुको अभिलेखिकरणको म्याद थप गर्ने लगाएतका सार्बजनिक महत्वका बिषयहरुमा पनि महत्वपूर्ण निर्णय गरेको वताए । भेरी नगरपालिकाको नगर सभा विद्यायन सभाको रुपमा खलंगाको थाप्लेचौर स्थित भेरी ज्ञानोदय क्याम्पसको सभाहलमा शुक्रवार र शनिवार गरि दुइ दिन चलेको थियो ।

तपाईको प्रतिक्रिया