चित्रकलामा प्रथम सीता मा.बि

जाजरकोट जिल्ला को बारेकोट गाउँपालिका मा २०७५ सालमा स्थापित बारेकोट साहित्य कलाकेन्द्र को आयोजनामा र जोतीको हार्डवयरको प्राया्ेजन मा शुक्रबार वीरेन्द्र ऐस्वर्य माध्यामिक बिद्यालयको आगनमा कला तथा संस्कृतीलाई बचाउँना का निमित्त चित्रकला र बिद्यार्थीको क्षमतालाई अभिबृद्धी गर्न हार्जिर जवाफ कार्यक्रम साहित्य कलाकेन्द्र द्धारा सम्मपन्ना भएको छ ।

कार्यक्रममा राजनितीदलका प्रतिनिधि साहित्य क्षेत्रका प्रतिनिधि लगायत बिभिन्ना बिद्यालयहरुका शिक्षक ,बिद्यार्थीहरुको उपस्थित रहेको थियो । उक्त कार्यक्रममा बारेकोट मा रहेका १५ वटा आधारभुत तथा माध्यामिक बिद्यालयहरुले भाग लिएका थिए । १५ वटा बिद्यालयहरु मध्य चित्रकलामा सीता माध्यामिक बिद्यालयका कार्कीज्युलाका शेरबहादुर चलाउँने राष्ट्रिय बिभुती पासंङ्ग लाग्मा शेर्पाको चित्रलाई प्रर्दशन गरि प्रथम स्थान प्राप्त गरेको थिए ।

यस्तै कालिका आर्दश माध्यामिक बिद्यालय रामिडाँडा का शुनिल बि.कले महाकवि लक्ष्मीप्रसाद देपकोटाको चित्रलाई प्रर्दशन गरि दिृतिय स्थान र भगवती आधारभुत बिद्यालय जिरीकी पुस्तिका रावतले राष्ट्रिय बिभुती को पासंङ्ग लाग्मा शेर्पाको चित्रलाई प्रर्दशन गरि तृतिय स्थान प्राप्त गरेकी थिईन । कार्यक्रममा बिभिन्ना बारेकोट भित्र लुकेर बसेका कला तथा संस्कृति भेष भुषा,साहित्य, लगायत र बारेकोटमा देखिएको सम्भावनालाई उजागर गर्नामा बिषेश कलाकेन्द्रले जोडदिनु पर्ने वीरेन्द्र ऐस्वर्य माध्यामिक बिद्यालयका प्रचार्य गोरख बहादुर सिंह ले बताए ।

दुर्गम बस्तीका बिद्यालयका बिद्यार्थीहरुको क्षमता बृद्धीगर्ना र बारेकोट मा सम्भावना देखीएका बिभिन्ना कला तथा संस्कृति,साहित्यलाई प्रदर्शनमा उत¥याउनेमा जोडदिएको बारेकोट साहित्यकला कलाकेन्द्र का अध्यक्ष कालीप्रसाद थापाले बताए ।भौगोलिक र प्राकृतिक रुपमा अति सुन्दर बारेकोटलाई अझै कलाकेन्द्रले सुन्दर बनाउने अध्यक्ष थापाको भनाई ।

तपाईको प्रतिक्रिया