क्षमता विकासका लागि हाजिरीजवाफ र चित्रकला

कालीबहादुर नेपाली । जिल्लाको बारेकोट गाउँपालिका भित्र रहेका आधारभुत विद्यालयका विद्यार्थीहरुको क्षमता विकासका लागि हाजिरीजवाफ र चित्रकला प्रतियोगिता सञ्चालन गरिएको छ ।

शुक्रबार बारेकोट कला केन्द्रको आयोजना र ज्योती हार्डवेयरको प्रायोजनमा उक्त प्रतियोगिता सञ्चालन गरिएको बारेकोट कला केन्द्रका अध्यक्ष कालीप्रसाद थापाले जानकारी दिए । प्रतियोगीतामा गाउँपालिका भित्रका आधारभुत विद्यालयका विद्यार्थीहरुमा भएको क्षमता विकासका लागि ज्योति हार्डवेयरको आर्थीक सहयोग गरेको ज्योती हार्डवेयरका सञ्चालक एवम् यूवा समाजसेवी रामचन्द्र ज्योतिले जानकारी दिए ।

उनले भनेर्, पछिल्लो समय सामुदायिक विद्यालयको शैक्षिक अवस्था खस्किदो रहेकोले गाउँपालिका भित्रका विद्यालयहरुमा सुधारका लागि प्रतिस्पर्धा गराइएको छ ।’ २०७५ सालमा स्थापना भएको बारेकोट कला केन्द्रले बारेकोटको विकासका लागि विभिन्न रचनात्कम कार्यक्रम गर्दै आएको वीरेन्द्र ऐश्वर्य माद्यामिक विद्यालयका प्रधानध्यापक गोरखबहादुर सिंहले बताए । उनले भनेर्, बारेकोट कला केन्द्रले विभिन्न रचनात्मक तथा व्यावहारिक काम गर्दै आएको छ ।’ यसले गर्ने काममा सबैले सहयोग गर्नुपर्ने बताए ।

यस्तै यूवा समाजसेवी रामचन्द्र ज्योतीले गरेको सहयोग प्रति गाउँपालिका भित्रका आधारभुत विद्यालयका शिक्षकहरुले सह धन्यवाद दिएका छन् । उनीहरुले प्रत्येक विद्यालयका विद्यार्थीलाई सहभागी गराई उनीहरुवीच प्रतिस्पर्धा गर्ने र क्षमता विकासका लागि सहयोग गरेको भन्दै धन्यवाद दिएका हुन । आगामी दिनमा पनि यस्तै काम गरिने कला केन्द्रका अध्यक्ष कालीप्रसाद थापाले दावी गरे ।

उक्त कार्यक्रमको चित्रकलामा सीता मावी कार्कीज्युलाका विद्यार्थी शेरबहादुर चलाउने प्रथम, कालिका आर्दश मा वि का विद्यार्थी सुशिल विक दृतिय र भगवती आधारभुत विद्यालयका पार्वती रावले तृतिय स्थान प्राप्त गरेका छन् । हाजिरीजवाफ प्रतियोगीतामा तृतिय स्थान प्राप्त जनता आधारभुत विद्यालय , वीरेन्द्र ऐश्वर्य माद्यामिक विद्यालय दोस्रो र कालिका आदर्श माविले पहिलो स्थान प्राप्त गरेको छ ।

तपाईको प्रतिक्रिया