नेपालको तेस्रो विकेट पतन, उपकप्तान ऐरी ३६ रनमा आउट

काठमाडौं– आईसीसी विश्वकप लिग २ मा ओमानले दिएको १ सय ९८ रनको लक्ष्य पछ्याइरहेको नेपालले तेस्रो विकेट गुमाएको छ । कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा जारी खेलको २०.३ ओभरमा उपकप्तान दीपेन्द्रसिंह ऐरी आउट भएका हुन् । ऐरी र शरद भेषावकरले नेपालका लागि ६२ रनको साझेदारी गरेका थिए ।

ऐरीले ५ चौका र १ छक्का प्रहार गर्दै ३६ रनको योगदान गरे । सँगै नेपालले २१ ओभरमा ३ विकेट गुमाएर ६७ रन बनाएको छ । यसअघि नेपालका कप्तान ज्ञानेन्द्र मल्ल र पारस खड्का आउट भइसकेका छन् । शुरुवाती दुई ठूला विकेट झिनो रनमै गुमाउँदा नेपाल दबाबमा देखिएको थियो । तर, दीपेन्द्र र शरदले टिमको ब्याटिङ सम्हाल्ने प्रयास गरेका थिए । यो साझेदारीमा ब्रेक लागेसँगै नेपाली टोलीलाई दबाब बढेको छ । ओमानका लागि खलिमुल्लाह, बिलाल खान र मोहम्मद नादेमले एक एक विकेट लिएका छन् ।

तपाईको प्रतिक्रिया