श्रीमतीको टाउको छिनाएर राष्ट्रभक्तिको नारा लगाउदै टाउको बोकेर पुगे प्रहरी चौकी

काठमाडौं – उत्तर प्रदेशको बाराबंकी जिल्लाका एक व्यक्तिले आफ्नी श्रीमतीको हत्या गरेपछि श्रीमतीको टाउकोसहित पुलिस चौकी पुगेका छन् । पुलिस चौकी पुग्नुअघि उनले काटिएको टाउको लिएर पूरा शहर घुमेका थिए । आज तकको समाचार अनुसार ती व्यक्तिको नाम अखिलेश रावत हो ।

श्रीमतीको टाउको हातमा लिएर पुलिस थाना पुगेका व्यक्तिलाई देखेर सुरुमा पुलिससमेत आत्तिएको समाचारमा जनाइएको छ । स्रोतका अनुसार ती व्यक्ति पुलिस चौकीमा पुगेपछि पुलिसले उनको हातबाट टाउको लिन खोज्दा उनले राष्ट्रगान गाएका थिए त्यसपछि ‘भारत माता की जय’ नारा लगाएका थिए ।

तपाईको प्रतिक्रिया