नागरिक स्वस्थ भएमात्र देश समृद्ध बन्छ : राज्यमन्त्री रावत

सल्यान : स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले समृद्ध नेपाल बन्न नागरिक स्वस्थ्य हुनुपर्ने बताए। नागरिक स्वस्थ भएमा मात्र देशले समृद्धि हासिल गर्न सक्ने बताए। जिल्लाको बनगाड कुपिन्डे नगरपालिकाको सल्लीबजारमा भएको कार्यक्रममा बोल्दै राज्यमन्त्री रावतले स्वास्थ्य सेवालाई सुदृढ नगरी स्वस्थ नागरिक हुन नसक्ने बताए। उनले भने,’ शिक्षा, स्वास्थ्य र पर्यटनमा गुणात्मक विकास गरेमा मात्र देश समृद्ध बन्न सक्छ।

प्रत्येक टोलमा स्वास्थ्य सेवा पुर्‍याउन आफू देशभर स्वास्थ्य क्षेत्रमा भएका समस्याका बारेमा अनुगमन गरी आउदो आर्थिक वर्षमा बजेट विनियोजन गर्ने उद्देश्यले जिल्ला दौडाहामा रहेको पनि बताए। देशभर भन्दा कर्णालीका जनता स्वास्थ्य सेवाबाट बढी वञ्चित भएको बताउँदै राज्यमन्त्री रावतले भूगोल र जनसंख्यालाई आधार मानेर बजेट विनियोजन गर्ने बताए। उनले सल्यान र दैलेख जिल्लामा छिट्टै स्वास्थ्य बीमा कार्यक्रम लागू गर्ने समेत बताए। राज्यमन्त्री रावतले आफ्नो कार्यकालभित्र सबै स्थानीय तहमा १४ शय्याको अस्पताल बनाउने समेत दावी गरे।

तपाईको प्रतिक्रिया