
जाजरकोट । एक महिने फेसन डिजाइन सम्बन्धी तालिम सुरु भएको छ । गुणस्तरीय सीप सिकौँ,स्वरोजगार बनौँ भन्ने नाराका साथ फेसन डिजाइन तालिम सुरु भएको जाजरकोट कपडा तथा सिलाई व्यवसाय संघ जाजरकोटका अध्यक्ष मिलन परियारले जानकारी दिए ।
भेरीनगरपालिकाको आर्थीक सहयोग तथा जाजरकोट कपडा सिलाई व्यवसाय संघको समन्वयनमा नगरपालिका भित्रका प्रत्येक वडाहरु बाट एकएक जना छनौट गरी तालिम सिकाइने उनको भनाई छ ।

सीप सिकेकाहरुलाई गुणस्तरीय सीप प्रदान गरिने उनले दावी गरे । यस्तै भेरीनगरपालिकाका नगरप्रमुख चन्द्रप्रकाश घर्तिले सिलाई कटाई व्यवसाय संघले खेलेको भुमिका प्रति आभार व्यक्त गर्दै, जतिवेला पनि सहयोग गर्न तयार रहेको बताए ।
उनले भने , व्यवसाय गरेर मानिसको जीवनमा परिवर्तन हुने भएकोले यस्ता काममा लागि सदैभ सहयोग गर्न स्थानीय सरकार तयार छ । तालिम एक महिना सम्म चल्नेछ । नगरपालिकाले ३ लाख सहयाेग गरेकाे छ ।

















































। १६ फाल्गुन २०७६, शुक्रबार