
जाजरकाेट : जिल्लाकै पहिलो स्कुल त्रिभुवन माध्यामिक विद्यालय, खलंगाका प्रधानाध्यापक हेरम्बबहादुर शाहलाई सेवा निर्वित्त हुन नचाहेको भन्ने आरोप लागेको छ । शाहका नाममा जारी गरिएको नेपाली नागरिकताको प्रमाण पत्रमा उल्लेख गरिएको जन्म मितिले ६० बर्षको उम्मेर पार गरिसकेपछि पनि शिक्षण सेवामै रहेपछि यस्तो आरोप लागेको हो ।
शाहका नाममा २०३४ साल फागुन २ गने जारी गरिएको नेपाली नागरिकताको प्रमाण पत्रमा उल्लेख गरिएको जन्म मितिले यहि फागुन २ गते शाह ६० बर्षको उम्मेर पार गरिसकेका छन् । तर, प्रअ शाह भने, फागुन २ गते भन्दा पछिका दिनमा पनि नियमित रुपमा विद्यालय जाने, आउने गर्नुको साथै हाजिरी लगाउने गरेपछि अनेकौं टिक्का टिप्पनी हुन थालेका छन् ।
शिक्षा मन्त्रालयमा नमुना बिद्यालयमा सुचीकृत भएको त्रिभुवन मावि खलंगाको भौतिक पूर्वाधार निर्माणका लागि शिक्षा विभाग र कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयबाट चालु आर्थिक बर्षमा आएको बजेट परिचालन गर्नका लागि प्रअ शाहले उम्मेरको हदबन्दीले ६० बर्ष पुरा भएपछि पनि सेवा निर्वित्त हुन नचाहेको भन्ने आरोप लागेको सर्वत्र सुन्न पाईन्छ ।
शैक्षिक सर्टिफिकेटमा उल्लेख गरिएको जन्म मितिले ५८ बर्षको उम्मेर पार गरेको प्रअ शाह निकट श्रोतले जानकारी दिएको छ । शैक्षिक सर्टिफिकेटमा उल्लेख गरिएको जन्म मितिले प्रअ शाहले अझै शिक्षण सेवा गर्न पाउने २ बर्षको समय बाँकी छ । बिद्यालय शिक्षक किताव खानाले शिक्षा विकास तथा समन्वय ईकाईलाई २०७६ साल साउन ३ गते गरेको परिपत्रमा नेपाली नागरिकता र शैक्षिक सर्टिफिकेटमा जन्ममिति फरक परेमा पहिला जुन प्रमाण पत्रमा उल्लेख गरिएको जन्ममितिले ६० बर्ष पुरा हुन्छ त्यसैलाई मान्यता दिएर अवकाश दिन सकिने उल्लेख गरेको छ ।
२०५० सालको मन्त्री परिषदको बैठकले नेपाली नागरिकतामा उल्लेख गरिएको जन्म मितिलाई नभएर शैक्षिक सर्टिफिकेटमा उल्लेख गरिएको जन्ममितिलाई मान्यता दिने निर्णय गरेको बताउदै प्रअ शाहले आफु नेपाली नागरिकतामा भएको जन्ममितिले ६० बर्षको भएता पनि सर्टिफिकेटमा भएको जन्म मितिले अझै ६० बर्षको पुग्न २ बर्ष बाँकी रहेको बताए ।
्एक बर्षको मात्र उम्मेर फरक परेको भए शैक्षिक सर्टिफिकेटको जन्म मितिलाई मान्यता दिएको सर्बोच्च अदालले गरेको फैसलाका नजिरहरु रहेको शाहले बताए । लगतै यहि फागुन १९ गते बिद्यालयको बार्षिकोत्सव भएको हुदा त्यसको तयारीमा जुट्नु परेकाले आफुले काठमाण्डौ जान नपाएको बताउदै प्रअ शाहले बिद्यालयको बार्षिकोत्सव पश्चात काठमाडौं पुगेर शिक्षक किताब खाना र सर्बोच्च अदालतका नजिरहरु तथा कानुनी व्यवस्थाहरुकाबारेमा कानुनी सल्लाहा लिनुको साथै शिक्षण सेवामा रहने वा अवकाश लिने भन्ने बिषयमा निर्णय गर्ने बताए ।
नमुना बिद्यालयको पूर्वाधार निर्माणको लागि शिक्षा बिभाग र कर्णाली प्रदेश सरकारको सामाजिक बिकास मन्त्रालयबाट आएको बजेट परिचालन गर्नका लागि सेवामा बसिराख्न आफुले नचाहेको शाहले बताए । कानुनी व्यवस्थामा के छ त्यसलाई बुझेर मात्र आफुले निर्णय लिने शाहको भनाई रहेको छ । नमुना विद्यालयको पूर्वाधार निर्माणका लागि त्रिमावि खलंगाको नाममा शिक्षा विभागले यसबर्ष एक करोड ५० लाख भेरी नगरपालिकाको खातामा पठाई सकेको जानकारी दिदै प्रअ शाहले डिपिआरको काम सम्पन्न भएपछि मात्र उक्त बजेट कार्यान्वयन गरिने बताएका छन् ।
त्यसैगरि कर्णाली प्रदेश सरकारको सामाजिक बिकास मन्त्रालयले भवन निर्माणका लागि एक करोड बजेट बिनियोजन गरिएको भएता पनि हाल तल्लो तलामा तीन कोठा र माथिल्लो तलामा तीन कोठाको भवन निर्माण गर्ने गरि ५० लाखको सम्भौता भईसकेको जानकारी दिदै प्रअ शाहले प्रदेश सरकारको बजेटबाट निर्माण गरिने भवन निर्माणको काम केहि दिनमै सुरु गरिने बताए । त्यसैगरि प्रथम श्रेणीका प्रअ शाह अवकाश भएपछि विद्यालयको प्रअ बन्ने दौडमा भक्तबहादुर मल्ल र राजु शाह रहेको जानकारहरुले बताएका छन ।
११ जना मावि दरबन्दी रहेको बिद्यालयमा द्धितिय श्रेणीका ४ जना अस्थायी शिक्षकहरु रहेका छन् भने, मल्ल र शाहनै द्धितिय दरबन्दीका स्थायी शिक्षक हुन् । अन्य ४ जना मावि स्थायी शिक्षकहरु तृतिय श्रेणीका हुन् । डिजिटल सञ्चार बाट साभार गरिएको
















































। १५ फाल्गुन २०७६, बिहीबार