
रुकुम पश्चिमको चौरजहारी नगर प्रमुख विशाल शर्माले नगरको वडा नम्वर १० मा रहेको चिन्ने मैदान नभएर शहिद मैदान भएको वताउनुभएको छ ।
आज वाट नगरको वडा नम्वर १० मा सुरुभएको तेस्रो नगर प्रमुख कप २०७६ तथा १२ औं राष्ट्र«पति कप रनिगं सिल्ड खेलकुद प्रतियोगीताको उदघाटन कार्यक्रममा वोल्दै शर्माले यस्तो वताउनुभएको हो । उहाँले साविकको खोलागाउँ गाविसमा पर्ने उक्त मैदान आसपासका धेरै व्यक्तिहरुले जनयुद्धको समयमा ज्यान गुमाएकोले शहिदको नाम वाट चिन्ने मैदानलाई शहिद मैदान गराउनु पर्ने कुरामा जोड दिनुभयो ।
नगर प्रमुख शर्माले चौरजहारीको भ्याली र खोलागाउँमा रहेका मैदानहरुले खेलकुदको विकास गर्नमा सहजता भएको भन्दै मैदानलाई व्यवस्थित गराउनको लागी नगरले आउदो आर्थिक वर्षमा वजेटको व्यवस्था गर्ने वचन दिनुभयो ।
खोलगाउँका जनप्रतिनिधि शिक्षक वुद्धिजिवी र स्थानीयले व्यवस्थित शहिद मैदान निर्माणको लागी निर्णय गरेमा आफुले वजेटको व्यवस्था गरी डिपिआरको प्रक्रिया अगाडी वढाउने कार्यमा लाग्ने प्रतिवद्धता समेत जनाउनुभयो ।
एक अर्काे प्रसंगमा प्रमुख शर्माले चौरजहारी नगरले शिक्षालाई पहिलो प्राथामिकतामा राखेर नगरका ४१ वटा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थिहरुलाई पोशाक शैक्षिक सामाग्री निशुल्क रुपमा वितरण गर्दै आईरहेको वताउनुभयो ।
नगरले कुल वजेटको ४० प्रतिशत रकम शिक्षा क्षेत्रमा विनियोजन गरी सामुदायिक विद्यालयको शैशिक गुणस्तरलाई माथी उठाउन लागी परेको उहाँको भनाई छ ।
विद्यालयहरुमा शिक्षक व्यवस्थापन विद्यालयका भौतिक संरचना निर्माण तथा प्रविधिमैत्री शिक्षा र खेलकुद विकासको लागी आफु लागि परेको वताउनुभयो ।
उदघाटन कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख राजकुमार शर्मा, उप प्रमुख राधा रोका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रिय सदस्य शेर वहादुर के.सी.निमित्त प्रमुख प्रशासकिय अधिकृत रामकुमार गौतम ,रोजगार संयोजक कृष्ण शर्मा नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश सदस्य गोपाल रेग्मी जिल्ला खेलकुद विकास समितिका कार्य वहाक अध्यक्ष लोकेन्द्र मल्ल ,को सहभागीता रहेको थियो ।
त्यसैगर वडा अध्यक्षहरु चौरजहारी अस्पतालका प्रमुख डिल वहादुर गिरी,उद्योग वाणिज्य संघका अध्यक्ष प्रेम गहतराज,अनेरा स्ववियुका केन्द्रिय सदस्य सुन्दर शर्मा,हिमालय माध्यामिक विद्यालय खोलागाउँका प्राचार्य भिम वहादुर वली ,शीतल माध्यामिक विद्यालयका प्राचार्य यदु राणा ,माध्यामिक विद्यालय कोटजहारीका प्राचार्य नरेन्द्र गिरी लगाएत चौरजहारी नगरपालिका अन्तरगतका राजनितिक दल सरकारी तथा गैरसरकारी संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।
आगामी फाल्गुन १३ गते सम्म संचालन हुने मेयर कप तथा १२ औं राष्ट्र«पति रनिगंसिल्ड खेलकुद प्रतियोगीता छात्र छात्रा भलिवल, लगंजम्प,हाईजम्प,ज्यावलिगं थ्रो,लामो तथा छोटो दौड,सटपुट,हिसाव दौड,लगाएतका खेलहरु संचालन हुने नगर शिक्षा संयोजक शेर प्रसाद ढकालले जानकारी दिनुभयो ।
















































। ११ फाल्गुन २०७६, आईतवार